जानी नजानीको शिर्ष भिडियोमा मनिष– निरिषाको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ फागुन

चलचित्र ‘जानी नजानी’को शिर्ष गीत जानी नजानी…को भिडियो रिलिज गरिएको छ । यो चलचित्र आउँदो शुक्रबार १ चैतबाट देशव्यापी सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ ।

अर्जुन पोखरेलको संगीत रहेको ‘जानी नजानी…’ गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर छ । यो गीतलाई यस निर्माता मोदनाथ खनालले लेखेका हुन् ।

सार्वजनिक गीतमा फिल्मका दुइ मुख्य पात्र मनिष श्रेष्ठ र निरिषा बस्नेतबीच प्रेम सम्बन्ध देखाईएको छ । भिडियो निकै राम्रो बनेको छ । गीत कर्णप्रिय छ । भिडियोमा प्रविन सिंहको कोरियोग्राफी छ । गीतमा मनिष र निरिषा बीचको बढ्दो मायालाई चित्रण गरिएको छ ।

रोशनी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । अघिल्लो फिल्म डाक्टर खातेको निर्माण पछि उनले यो चलचित्र बनाएकी हुन् । रोशनीसँगै मोदनाथ खनाल र सागरकाजी माली मिलेर जानी नजानी निर्माण गरेका हुन् ।

फिल्ममा मनिष र निरिषासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी लगाएतले अभिनय गरेका छन् । फिल्मलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । सामिप्यराज तिमल्सेनाको लेखन रहेको फिल्मलाई सञ्जय लामाले खिचेका हुन् ।