२७ बैशाखमा जात्रै जात्रा र स्टुडेन्ट अफ दि ईयर भिड्दै


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ फागुन

चलचित्र ‘जात्रै जात्रा’का अभिनेता विपिन कार्की दुर्घटनामा परेपछि निर्धारित समयमा यो फिल्मको छायाँकन पुरा हुन सकेन । सोही कारण गएको साता अर्थात १७ फागुनमा रिलिज हुने भनिएको यो फिल्म त्यो मितिमा रिलिज भएन् ।

अब यो चलचित्र आगामी २७ बैशाखमा रिलिज हुँदैछ । चलचित्रका प्रस्तुतकर्ता रविन्द्र सिंह बाँनियाले यो चलचित्र आगामी २७ वैशाखमा रिलिज हुने घोषणा गरेका छन् ।

२७ बैशाखमै बलिउडका निर्माता करण जौहरको महत्वकाँक्षी फिल्म ‘स्टुडेन्ट अप द ईयर–२’ रिलिज हुँदैछ । फिल्मलाई पुनित मल्होत्राले निर्देशन गरेका छन् । स्टुडेन्ट फ दी ईयरको सफलतापछि करणले स्टुडेन्ट अफ दी इयर–२ निर्माण गरेका हुन् । जसमा अहिलेका सफल कलाकार टाईगर श्रफ र साराअली खानसँगै नयाँ दुई अभिनेत्री तारा सुतरीया र अनन्या पाण्डे मुख्य भूमिकामा छन् ।

स्टुडेन्ट अफ दी ईयरको सिक्लेल स्टुडेन्ट अफ दि ईयर–२, जस्तै चलचित्र जात्राको सिक्वेल जात्रै जात्रा हो । चलचित्र ‘जात्रा’को सफलतापछि यसको सिक्वेलको रुपमा बनेको ‘जात्रै जात्रा’ र ‘स्टेडेन्ट अफ दि ईयर–२’ को रिलिज मिति एकै दिन हुनु र यो दुबै सफल फिल्मको सिक्वेल हुनु पनि रमाईलो सँयोग बनेको छ । यसरी अब २७ बैशाखमा यी दुई सिक्वेल फिल्मबीच नेपाली सिनेमा हलमा प्रतिस्पर्धा हुने देखिन्छ ।

जात्रै जात्राको निर्देशन प्रदीप भट्टराईले गरेका हुन् । अग्रज कलाकार मह जोडीको प्रदीप भट्टराई चेला हुन् । मह जोडी र किरण केसीको फिल्म दाल भात तरकारी १३ बैशाखमा रिलिज हुँदैछ । त्यसको दुईसाता पछि जात्रै जात्रा रिलिज हुन लागेको हो ।

त्यसैले जात्रै जात्राले दाल भात तरकारीको तेश्रो साताको व्यापारलाई असर पार्न सक्ने डर दल भात तरकारीका निर्माण पक्षको छ । सोही कारण निर्माता किरण केसीले अहिले पनि मिल्छ भने चेला प्रदीपलाई जात्रै जात्राको रिलिज मिति सार्नको लागि सल्लाह गरेको बताईन्छ । तर बितरकले नै रिलिज मिति जात्रै जात्रालाई २७ बैशाख दिएको र त्यसपछि दशैंसम्म फिल्म रिलिजको राम्रो तिथि नपाएका कारण उनले प्रदीपले २७ बैशाखमै फिल्म ल्याउन लागेको बताईन्छ ।

यसरी जात्रै जात्राको प्रदर्शन मिति तय गरेसँगै निर्माण पक्षले प्रचार प्रसार स्वरुप आउँदो आईतबार ३ चैतमा यो चलचित्रको मायाँ पिरिम… गीतको भिडियो रिलिज गरिँदैछ । गीतमा फिल्मका कलाकारहरु विपिन कार्की, बर्षा राउत, रविन्द्र झा, सारा सिर्पालीसँगै अतिथि कलाकार निश्चल बस्नेत, करिश्मा मानन्धरको पनि नृत्य रहेको छ ।

जात्रै जात्राको निर्माण रविन्द्र सिंह बानियाँ, यादव पौडेल र सिंगे लामाले गरेका हुन् । यो फिल्मको कथाबस्तु यसपटक सुन तस्करीमाथि केन्द्रित रहेको निर्माण पक्षको कथन छ । यसमा रविनद्र सिंह बाँनियासँगै दयाहाङ राई पनि विशेष भूमिकामा रहेका छन् ।