२६ औं जन्मोत्सब मनाएका अभिनेता प्रदीप एक वर्ष ब्यस्त


ब्युटी न्युज नेपाल
काठमाडौं २७ फागुन

अभिनेता प्रदीप खड्काले २६ औं जन्मोत्सब काठमाडौंमा आईतबार बेलुका एक समारोहबीच मनाएका छन् । अभिनेता प्रदीपको नयाँ चलचित्र ‘लस स्टेशन’ प्रदर्शनको तयारीमा छ । यो फिल्म यही २२ चैतबाट देशब्यापी प्रदर्शनमा आउँदैछ । चलचित्र लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीसहितको टिमसँग यी अभिनेताले आफ्नो जन्मोत्सब मनाएका हुन् ।

२६ औं जन्मोत्सब मनाई रहँदा अभिनेता प्रदीपले आफु करिब एक वर्षका लागि अब ब्यस्त रहेको पनि खुलासा गरेका छन् । यी अभिनेता चलचित्र लभ स्टेशनको रिलिज पछि थप तीन ओटा चलचित्रको लागि अनुबन्धित भईसकेका छन् ।

लभ स्टेशनपछि उनले रामबाबु गुरुङको फिल्म कबड्डीको तेश्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’मा काम गर्नेछन् । यो फिल्ममा प्रदीप खड्का र दयाहाङ राई मुख्य भूमिकामा रहने छन् ।

यसपछि लभ स्टेशनकै प्रस्तुतकर्ता गोविन्द शाहीको निर्माण र हेमराज बिसीको निर्देशनमा अर्को नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्का व्यस्त रहने छन् । यो फिल्ममा यी अभिनेतासँग अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह जोडी भएर प्रस्तुत हुँदैछिन् ।

यसरी यो दुई फिल्मको छायाँकन सकेपछि अभिनेता प्रदीप आगामी मँसिरबाट अर्को नयाँ चलचित्र ‘प्रेम गीत–३’मा ब्यस्त रहने छन् । उनी यो चलचित्रमा अनुबन्धित भईसकेका छन् ।

यसरी आगामी एक वर्षका लागि अभिनेता प्रदीप खड्काको सुटिङ सेड्युल बुक भईसकेको छ । अहिले २६ औं जन्मोत्सब मनाईरहँदा उनी २७ औं जन्मोत्सबसम्मका लागि ब्यस्त भईसकेका छन् । अहिलेका ब्यस्त अभिनेता प्रदीप खड्कालाई ब्युटी न्युज नेपालका तर्फबाट जन्म दिनको शुभकामना ।

भिडियोमा बर्थ डे कार्यक्रम ः