पिता बन्दै आर्यन सिग्देल


ब्युटी न्युज नेपाल
काठमाडौं २६ फागुन

अभिनेता आर्यन सिग्लेलले आफु पिता बन्न लागेको खुलासा गरेका छन् । आफ्नी पत्नी सपना भण्डारी गर्भवती भएको तस्बिर फेसबुकबाट सार्वजनिक गर्दै उनले यस्तो खुलासा गरेका हुन् ।

पत्नी सपनाको गर्भवती अबस्थाको विभिन्न फोटो उनले फेसबुकमा सार्वजनिक गरेका छन् । साथै आफुहरु बैशाखमा बुबा आमा बन्न लागेको पनि अभिनेता आर्यनले खुलाएका छन् ।

चलचित्र हजार जुनीसम्मको छायाँकनमा सिक्किममा व्यस्त रहेका उनले यो फिल्मको छायाँकनबाट फर्केर यो समाचार सार्वजनिक गरेका हुन् । उनी अहिले नयाँ फिल्म चच हुईको छायाँकनमा व्यस्त छन् । सपना र आर्यनको चार वर्ष अघि विवाह भएको थियो ।

तस्बिरहरु हेर्नुस भिडियोमा ः