अञ्जु पन्तले गरिन् कुसुम बुटिक उद्घाटन


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ फागुन

गायिका अञ्जु पन्तले राजधानीको डिल्लीबजारमा कुसुम बुटिकको उद्घाटन गरेकी छिन् । फेसन डिजाइनर कुसुम श्रेष्ठले सञ्चालन ल्याएको ‘कुसुम बुटिक’को उनले शनिबार उद्घाटन गरेकी हुन् । उनले आफू फेसनेवल नभएको बताएकी छिन् ।

फेसन डिजाइनर कुसुम श्रेष्ठ बागबजारस्थित इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’को पहिलो ब्याचकी विद्यार्थी हुन् ।

आईआईएफटीबाट फेसन डिजाइनरमा डिप्लोमा सकेपछि उनले ‘कुससम बुटिक’ सञ्चालनमा ल्याएकी हुन् । आफ्नो बुटिकमा ग्राहकको रुचिअनुसार फहिरन तयार गर्ने उनले बताइन् । पार्टी वेयर, इभिङ वेयर, गाउन, वासपिस, लेहेँला, कुर्ता सुलवारलगायत क्याजुअल वेयर पनि अर्डरअनुसार तयार गर्ने कुसुमले बताइन् ।