प्रमोद खरेल र तारा अधिकारीको मायाको घर


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ फागुन

अहिले चर्चामा रहेका गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत आएको छ । गीतको भिडियोमा मरिस्का पोखरेल, कुशल अधिकारी र दिनेश बुढाथोकीलाई देख्न सकिन्छ । गीत बियोगान्त शैलीको छ । भिडियोकी नायिकाको पीडा गीतमा सुन्न सकिन्छ । तीनै जना मोडलको काम प्रसँसानीय छ ।

भुपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोलाई शिव ढकालले खिचेका हुन् । भिडियोको निर्देशन रमेश थापाले गरेका छन् । चन्द्र बिनायक फिल्म्समा भिडियोको पोष्ट प्रोडक्सनको काम भएको छ ।

गीतकार तारा अधिकारीले लेखेको नयाँ गीत मायाको घर…लाई प्रमोद खरेलले गाएका हुन् । यो गीतमा संगीत उमेशराज खड्काको छ । गीतमा संगीत संयोजन किरण कँडेलको छ ।

गीतकार अधिकारीको यो गीत ‘सपना’ एल्बममा समावेश छ । गीत लेख्नु आप्mनो सौख भएको बताउँदै गीतकार अधिकारीले एल्बम भने अन्य गीतहरुको रेकर्डिङ सकिएपछि ल्याउने बताईन् । यो उनको दोस्रो गीत हो ।

https://www.youtube.com/watch?v=jC66OhStt3E