ब्युटी न्युज नेपाल
काठमाडौं २२ फागुन

चलचित्र लिली बिलीबाट निकै रुचाईएका जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र लभ स्टेशनको ट्रेलर दर्शकले साह्रै मन पराएका छन् । यो ट्रेलरले अहिले दर्शकलेखि समीक्षक तथा चलचित्रकर्मीबाट समेत प्रसँसा पाएको छ ।

चलचित्र लभ स्टेशन आगामी २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो चलचित्रको ट्रेलर मँगलबार काठमाडौंको रिलिज गरिएको थियो ।

यो चलचित्रको ट्रेलरमा अभिनेता प्रदीप र अभिनेत्री जसिताको कामलाई दर्शकले यतीबेला खुलेर प्रसँसा गरेका छन् । आफुहरु फिल्म हेर्न निकै आतुर रहेको दर्शकको प्रतिक्रिया छ ।

बुढा सुब्बा डिजिटलबाट रिलिज गरिएको लभ स्टेशनको ट्रेलर रिलिज भएको ८ घन्टामै युट्युव नेपाल ट्रेन्डिङमा आएको हो । ट्रेलरलाई रिलिज भएको चौविस घन्टामा ५ लाख भन्दा बढी पटक दर्शकले युट्युवमा हेरिसकेका छन् । अहिले युट्युव नेपाल ट्रेन्डिङको १८ औं स्थानमा रहेको लभ स्टेशनको ट्रेलर ट्रेन्डिङमा माथि उक्लिरहेको छ ।

यो ट्रेलरलाई २४ घन्टामा २४ हजार दर्शकले नै मन पराएर लाईक गरेका छन् । ट्रेलर रिलिज भएको २४ घन्टामा यसलाई चार हजर जनाले सकरात्मक कमेन्ट गरेका छन् । लगभग सबैले राम्रो ट्रेलर बनेको र फिल्म पनि त्यत्तिकै राम्रो बनेको हुनसक्ने भन्दै सकरात्मक कमेन्ट गरेका छन् । ट्रेलर निकै राम्रो बनेको र ट्रेलरले नै एउटा राम्रो लघु चलचित्रको कथा प्रस्तुत गरेको दर्शकहरुको कमेन्टमा लेखेका छन् ।

ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएकोमा यसका प्रस्तुतिकर्ता गोविन्द शाहीले ती दर्शकप्रति आभार व्यक्त गरेका छन् । फिल्म धेरै राम्रो बनेको र २२ चैतबाट दर्शकलाई लभ स्टेशनले पूर्ण मनोरञ्जन दिने प्रस्तुतकर्ता शाहीले बताएका छन् ।

अभिनेता प्रदीप खड्काले पनि लभ स्टेशनको ट्रेलरमा पाएको दर्शकको मायाँ प्रति खुसी व्यक्त गरेका छन् । फिल्मले पनि दर्शकलाई त्यत्तिकै सन्तुष्टी दिने अभिनेता प्रदीपले बताएका छन् ।

उज्ज्वल घिमिरेको निर्देशन रहेको लभ स्टेशनमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । फिल्मलाई निर्देशक घिमिरे र सुवाससिंह बस्न्यातले लेखेका हुन् ।

यसमा लोकेश बज्राचार्य र अर्जुन जिसीको सम्पादन, एलिस कार्कीको पाश्र्व संगीत, शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, राजेन्द्र रावलको निर्माण व्यबस्थापन रहेको छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

लभ स्टेशनको ट्रेलर  :