चट्ट रुमाल क्यामालुमका श्रष्टा सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ फागुन

चलचित्र ‘आफ्नो मान्छे’ मा समावेश गीत ‘चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा…’का श्रष्टाहरुलाई सम्मानित गरिएको छ । मँगलबार राजधानीमा एक समारोहबीच सो गीतका श्रष्टाहरुलाई सम्मानित गरिएको हो ।

यो अर्जिनल गीतका सर्जक बरिष्ट सँगीतकार तथा गायक शम्भुजीत बास्कोटा, गीतकार बाबुराम दाहाल, यो गीतका नृत्य निर्देशक राजु शाह, यसमा रहेका दिवँगत अभिनेता श्रीकृष्ण श्रेष्ठकी पत्नी एवम् अभिनेत्री श्वेता खड्कालगायतलाई कार्यक्रममा सम्मानित गरिएको हो ।

यो गीतको अर्जिनल भाकामा बरिष्ट सँगीतकार शम्भुजीत बासकोटालाई र अग्रज गायिका साधना सरगमले साथ दिएकी थिईए । चलचित्र ‘आफ्नो मान्छे’ मा समावेश गीत ‘चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा…’ गीतलाई एरेन्ज गर्दै फिल्म ‘यात्रा ः अ म्युजिकल भ्लग’ राखिएको छ ।

अहिले पुन संगीत सँयोजन गरि तयार गरिएको चट्ट रुमाल गीतमा धर्मेन्द्र सेवान र मेलिना राइको स्वर रहेको छ । यो गीतको भिडियोलाई प्रविन सिंहले कोरियोग्राफी गरेका छन् ।

चलचित्र यात्राको यो गीतको भिडियोमा सलिनमान बनियाँ, सलोन बस्नेत, नव अभिनेत्री मलिका महत, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा लगायतले नृत्य गरेका छन् ।

यो चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । सो कार्यक्रममा यात्रामा राखिएको चट्ट रुमाल क्या मालुम…गीतको भिडियो पनि रिलिज गरियो ।

आफुले १७ वर्ष अघि निर्माण गरेको चलचित्र आफ्नो मान्छेको चट्ट रुमाल गीतलाई चलचित्रको कथा अनुसार यात्रामा राखिएको यसका निर्माता केशब भट्टराईले कार्यक्रममा बताए ।