पहिलो अडिसनबाट ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ मा १५ जना चयन


ब्युटी न्युज नेपाल
काठमाडौं २१ फागुन

ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ (सिजन २) को पहिलो चरणको अडिसन सम्पन्न भएको छ । रोज सिप विकाश तालिम केन्द्र एवम् रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवन र बिलक्षण क्रियसन प्रा.लि. पुतलीसडकद्धारा गत वर्षबाट सँयुक्त रुपमा सुरु गरिएको ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ (सिजन २) को पहिलो चरणको अडिसनमा विभिन्न ब्युटी पार्लरबाट अग्रज देखि नवप्रशिक्षार्थी व्युटिसियनहरुको सहभागिता थियो ।

नेपाल कस्मेटिक व्यबसायिक संघका अध्यक्ष रञ्जित पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न पहिलो चरणको सो अडिसनबाट ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ (सिजन २) का फाईनलका लागि १५ जना व्युटिसियन चयन भएका छन् ।

यसरी चयन हुने १५ जना ब्युटिसियनहरुमा सरस्वती न्यौपाने, हेमा अबस्थी, कविता लामा, रुपा बस्नेत, बिजेता श्रेष्ठ, बिरजा खड्का, इमिका श्रेष्ठ, मुना श्रेष्ठ, रशा अधिकारी, कल्पना खड्का, निकिता कुुसुवार, सारदा राहुन, जमुना पनेरु, मनिता बस्नेत, मिनाकुमारी रहेका छन् ।

व्युटिसियनहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति, पेशागत हक हित र समुन्नतको लागि गत वर्षबाट यो प्रतियोगिता सुरु गरिएको रोज सिप विकाश तालिम केन्द्र एवम् रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनकी अध्यक्ष तथा बरिष्ट ब्युटिसियन सोनी कारञ्जितले अडिसन कार्यक्रममा बताईन् ।

यो प्रतियोगिताको लागि दोश्रो अडिसिन यही २९ फागुनमा राखिएको छ । यो प्रतियोगितामा भाग लिन चाहने व्युटिसियन तथा व्युटिसियन प्रशिक्षार्थीले विलक्षण क्रिएसनको कार्यालय पुतलीसडक तथा रोज सिप विकाश तालिम केन्द्र एवम् रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनबाट फारम लिन सक्ने छन् । आगामी २७ चैतमा राष्ट्रिय नाचघरमा भव्य समारोहबीच ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ (सिजन २)को चयन हुने भएको छ ।

यो प्रतियोगितामा २६ दिनको व्यक्तित्व विकाश, क्याटवाक, मेकअप (ब्राईडल, मोडल, फिल्म, न्युड, पार्टी, इफेक्ट) हेयर, (जुुरो, कलरिँग, कटिङ) नेलआर्ट, मेहन्दी आर्ट, आईलाईसिस एक्स्टेन्सन, बतृत्वकला, मिडिया अन्तरवार्ता, बिजनेश टकिङ जस्ता विभिन्न प्रशिक्षण दिईने छ । यस्तै त्यहाँ सिकेका ब्राईडल मेकअप, जुरो, नेल आर्ट लगायतको विधामा ट्यालेन्ट सो अन्तरर्गत प्रतिस्पर्धा आयोजना गरी र अवार्ड प्रदान समेत गरिने छ ।

बिलक्षण क्रियसनका अध्यक्ष डब्बु क्षत्रीका अनुसार ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ (सिजन २) को बिजेताले ५२ हजार रुपैयाँ बराबरको पाँच दिनको बैंकक टुर, १५ हजार रुपैयाँ बराबरको एक महिनाको एँकरिङ ट्रेनिङ, हेयर सम्बन्धि स्पशेल कोर्ष र विभिन्न उपहार प्राप्त गर्नेछिन् । ६ महिनासम्म व्युटी न्युज नेपालको व्युटी ब्रान्ड एम्बेस्डर पनि हुनेछिन् ।

यस्तै फस्ट रनरअपले बैंकक टुरको दुईतर्फी टिकट, हेयर सम्बन्धि स्पशेल कोर्ष, नेलआर्ट सम्बन्धि स्पेशल कोर्ष र विभिन्न उपहार प्राप्त गर्नेछिन । सेकेन्ड रनर अपले बैंकक टुरको २० हजार रुपैयाँको बैंकक भ्रमण प्याकेज, हेयर सम्बन्धि स्पशेल कोर्ष, नेलआर्ट सम्बन्धि स्पेशल कोर्ष र विभिन्न उपहार प्राप्त गर्नेछिन ।

पहिलो चरणको अडिसनको निर्णायकमा नेपाल कस्मेटिक व्यबसायिक संघका अध्यक्ष रञ्जित पौडेल, मोडल तथा व्युटिसियन सिलास्मा मल्ल ठकुरी, समाजसेवी एवम् रश्मिलाज फेसियल हाउसका प्रबन्ध निर्देशक प्रकाश कुमार श्रेष्ठ र समाजसेवी सहिम शाह थिए ।

यस्तो प्रतियोगिताले व्युटिसियनहरुको प्रतिभा प्रस्तुतिसँगै यो क्षेत्रका बारेमा व्युटिसियनहरुलाई अझ धेरै जान्ने अबसर मिल्ने कस्मेटिक व्यबसायिक संघका अध्यक्ष रञ्जित पौडेलले बताए ।

अरु निर्णायकहरु सिलास्मा मल्ल ठकुरी, समाजसेवी एवम् रश्मिलाज फेसियल हाउसका प्रबन्ध निर्देशक प्रकाश कुमार श्रेष्ठ र समाजसेवी सहिम शाहले पनि व्युटिसियन प्रतियोगिहरुलाई सफलताको शुभकामना दिए ।

यो कार्यक्रमको कोरियोग्राफर एवम् सञ्चारकर्मी जयन सुब्बा मानन्धरले आफुले प्रतियोगीहरुलाई उत्कृष्ट, सफल र सक्षम बनाउन कुनै कसर बाँकी नराख्ने कार्यक्रममा बताईन् ।