प्रियँकाले किशोरीलाई दिईन सुरक्षित महिनाबारीबारे प्रशिक्षण


ब्युटी न्युज नेपाल
धनुषा, २१ फागुन

अभिनेत्री प्रियँका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले आफ्नो सामाकि संस्था आयंका फाउण्डेशनबाट धनुषा जिल्लाका तीन विद्यालयमा महिलामैत्री शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ । सोमबार शिबरात्रीको अबसर पारेर यी दुईले धनुषा धाम आसपासमा रहेको जनता मावि, हरिपुर निगाहपुर मावि र आधारभूत माविमा पुगेर यी तीन ओटै विधालयमा आफुहरुले निर्माण गराएको दुइ/दुई ओटा महिला मैत्री शैचालय हस्तान्तरण गरे ।

फाउण्डेशनका तर्फबाट प्रियँका, आयुषमान र यसका सल्लाहकार सरोज ओलीले तीन ओटै विधालयमा फल दिने ९ वटा बोटबिरुवा, २ थान डस्टबिन, सय थान ब्याग र ५० थान पुनः प्रयोग गर्न मिल्ने प्याड पनि वितरण गरेका छन् ।

फाउण्डेशनका अध्यक्ष एवं कलाकार प्रियंका कार्की, कोषाध्यक्ष आयुष्मान देशराज जोशी एवं सल्लाहकार सरोज ओलीलाई कार्यक्रममा विधालयका तर्फबाट भव्य स्वागत गरिएको थिया ।

न महिना वारी, न महिना पारी, म हुँ महिनाभरी लेखिएको टिर्सट लगाएर उनीहरु कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रममा अभिनेत्री प्रियँकाले किशोरीहरुलाई महिनावारी सम्बन्धी सचेतना अभिवृद्धि पनि गराईन् । प्रियँकाले महिनावारीको विषयमा अहिलेसम्म खुलेर कुरा गर्ने संस्कारको विकास भईनसकेको भन्दै छात्राहरुलाई महिनावारी भएको समयमा सरसफाईमा ध्यान दिन आग्रह गरीन् । कपडाबाट बनेको सो प्याडलाई धोएर एक वर्षसम्म प्रयोग गर्न मिल्ने उनले बताइन् । एउटा झोलामा चार थान प्याड, दुई थान अन्डरवेयर, साबुनलगायतका सामग्री रहेको उनले जानकारी दिईन् ।

फाउण्डेशनलाई शौचालय निर्माणमा अन्य संस्थाले सहयोग गरे पनि झोला, डस्टविन र बिरुवालगायतका सहयोग सामग्री प्रियंका र आयुष्मानले व्यक्तिगत रुपमा सहयोग गरेका हुन् । कार्यक्रममा उनले प्याड प्रयोग गर्ने तरिकासमेत छात्राहरुलाई सिकाएकी थिइन् ।

यस्तै, अभिनेता आयुष्मान देशराज जोशीले महिनावारी लाज र महिलाको मात्र विषय नभएको बताए । महिनावारी भएको समयमा महिलाको पिडा कम गर्न पुरुषले पनि सहयोग गर्नु पर्नेमा जोड दिए । उनीहरुको यो आयंका फाउण्डेशनको तर्फबाट पहिलो सामाजिक काम हो ।

कार्यक्रममा महिला सचेतनामा आफुहरु निरन्तर लाग्ने प्रतिबद्धता पनि उनीहरुले जनाएका छन् । प्रियंका र आयुष्मानलाई खानेपानी मन्त्रालयले महिनावारी स्वच्छता दूतमा नियुक्त गरेको थियो ।