ब्युटी न्युज नेपाल
काठमाडौं, २० फागुन

राजधानीमा सम्पन्न ‘किड्स एण्ड टिन मोडल फेशन मोडल’ सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीको आयोनामा सम्पन्न सो कार्यक्रममा प्रि किड्स फेशन मोडल २०१९को उपाधि यशाश्री महर्जनलाई प्रदान गरियो । यस्तै किड्स मेल फेशन मोडल २०१९ सहश्र प्रधान, किड्स फिमेल मोडल २०१९ स्लेशा बिष्ट, प्रि टिन मेल फेशन मोडल २०१९ स्वागत मल्ल र प्रि टिन फिमेल फेशन मोडल–२०१९ बेविशा भण्डारी घोषित भएका छन् ।

यि पाँचजना विजेताहरुलाई ट्रफिसँँगै विभिन्न गिफ्टह्याम्पर र सात हजार पाँच सय रुपैयाँ प्रदान गरिएको छ । यिनीहरुले थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेस्टिवल २०१९ मा भाग लिन पाउने आयोजक पक्षको दाबी छ ।

त्यस्तै फस्ट रनरअपहरुमा मिनि किड्स सुपर मोडल २०१९ सान्वी शाक्य, प्रि किड्स सुपर मोडल २०१९ निर्जला थापा, किड्स सुपर मोडल २०१९ विनोना डंगोल, किड्स फेशन सुपर मोडल २०१९ विदुर भण्डारी, किड्स मेल सुपर मोडल २०१९ श्रीयन्श श्रेष्ठ, किड्स फिमेल सुपर मोडल २०१९ अपेक्षा शेरचन, प्रि टिन मेल सुपर मोडल २०१९ आरुष बस्नेत, प्रि टिन फिमेल सुपर मोडल अंशिका अधिकारी घोषित भएका छन् ।

प्रतियोगिताको मुख्य निर्णयकमा विश्व शारिरीक सुगठन विजेता महेश्वरमान महर्जन रहेका थिए । अन्य जजहरुमा सोनिया गुरुङ, विनी बज्राचार्य, फडेन्द्र प्रसाई, ऋषिराम अधिकारी, अक्षयजंग रायमाझी थिए । इभेन्ट अर्गनाइजर फाउण्डर कमल क्षत्री रहेको यस कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।