भिडियोमा दर्पणको नजिकिनु सजिलो…


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ फागुन

गीतकार दर्पण राईको महत्वकांक्षी गीत नजिकिनु सजिलो थियो…को भिडियो रिलिज भएको छ । यो भिडियो आइतबार दर्पणले आफ्नै अफिरियल यु–ट्यु्ब च्यानल ‘एमएमएस इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरेका हुन् ।

गीतकार दर्पणको यस गीतलाई यसअघि फिमेल भर्सनमा मोडल तथा गायिका सम्झना राईले गाएकी थिइन् । उक्त फिमेल भर्सनलाई पनि दर्शक तथा श्रोताले निकै रुचाएका थिए । यसैबेला पुन ‘नजिकिनु सजिलो थियो’लाई मेल भर्सनमा तयार गरेर भिडियोमा ल्याएका हुन् ।

यस रचनालाई अहिले पवन राईले गाएका छन् । एउटै गीतलाई विभिन्न भर्सन र सिरिजमा ल्याउन खप्पिस मानिने गीतकार दर्पणले यसपटक आफ्नो गीतको भिडियोलाई आफैँले निर्देशन गरेका छन् । दर्पण आफै पनि मोडल हुन् । तर, उनी मोडलिङभन्दा क्रियटिभ काम गर्न रुचाउँछन् । त्यसैले आफ्नो गीतमा प्रायः अरुलाई नै अभिनय गराउँछन् ।

महेन्द्र राईको संगीत रहेको यस गीतलाई बुद्ध सायमीले एरेञ्ज गरेका हुन् । प्रस्तुत भिडियोमा गायक पवनसँगै मोडल रोजिना राईको अभिनय छ ।