इन्टरनेशनल क्लबमा सन्नी र सुमीको छमछमी


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ फागुन

तीन साता अघिबाट काठमाडौंदेखि छायाँकन सुरु भएको चलचित्र ‘सरौतो’को राजधानीको छायाँकन सकिएको छ ।

ठमाडौँमा तिन हप्तामा पहिलो सेड्युल सकाएको टोली सिम्रौनगठ लगायतका तराइको स्थानमा छायांकन गर्न लाग्नेछ ।
निर्माण टिमले लोक लयको गीतको छायाँकन ललितपुर स्थित सानेपाको इन्टरनेशनल क्लबमा गर्दै काठमाडौंको छायाँकन सकेको हो ।

छायाँकन सम्पन्न भएको गीतको भिडियोमा सुमी मोक्तान र सन्नी सिंह बेहुला तथा बेहुलीको साथीको रुपमा देखिएका थिए । छायाँकन भईरहेको गीत ’चुलो चौका…’ मा राजनराज शिवाकोटीको र अञ्जु पन्तको स्वर रहेको छ । यसमा राजनकै शब्द र संगीत रहेको छ ।

यसगीतमा यी दुईले विवाहको कल्पना गरेको देखाउन खोजिएको नव निर्देशक हरी हुमागाईले खुलासा गरेका छन्,‘स्कुलमा एउटा कार्यक्रममा आयोजना गरिएको कार्यक्रममा हिरोको सम्झनामा आउने सिनको छायाँकन गरिरहेका छौ’ हरीले भने ’मेरो पहिलो निर्देशनको फिल्ममा सबैको सहयोग पाएर काम राम्रो भइरहेको छ । फिल्म र गीतलाई दर्शकले मनोरञ्जनपूर्ण लिनु हुनेछ ।’

हरिले टिमवर्कले सोचिएको र लेखिएको दृश्यलाई कैद गर्न सफल भइरहेको समेत प्रस्ट्याए । गीतलाई लिएर उनि झनै विश्वत छन् । ‘गीत जन जिब्रोमा झुण्डिने किसिमको छ’ हरिले भने,‘राम्रो गर्ने कोसिस गरेकाछौ । आश छ हाम्रो कोसिस दर्शकलाई मन पर्नेछ ।’

यसै फिल्मको यो गीतको भिडियो मार्फत कोरियोग्राफीमा डेब्यु गरेकी निलिशा शाक्य पनि आशावादी छिन,‘गीतलाई जसरी तयारी गरेका थियौ त्यसै अनुरुप छायाँकन भईरहेको छ’ उनले भनिन् ’कोरियोग्राफीमा पहिलो भएपनि सबैले कोअपरेट गर्नु भएको छ ।’

गीतबाट सुमी निकै आशावादी छिन,‘मैले यस लोकलयको गीतमा पहिलो पटक डान्स गरिरहेकी छु तर रमाइलो भईरहेको छ । गीतमा केहि नयाँ कन्सेप्ट दिने कोसिस गरेका छौ ।’ सुमी भनिन् ।

गीतमा बेहुला र बेहुलीको रुपमा क्रमश पराकर्म पीजेबी राणा र सम्पदा दाहाल देखिएका छन् । स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा सह (निर्माताको रुपमाश्री महर्जन रहेका छन् ।

एक्सन र रिभेन्जको कथामा बन्ने फिल्ममा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, मनोज तामांग लगायतको अभिनय रहेको छ ।