विराटनगर अन्तर्राष्ट्रिय नाटक महोत्सव जारी, शनिबार चम्पावती मञ्चन


ब्युटी न्युज नेपाल
विराटनगर, १८ फागुन

विराटनगरमा बुधबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा शनिबार ‘चम्पावती’ नाटक मञ्चन भएको छ । कला, साहित्य र रंगमञ्चको क्षेत्रमा काम गरिरहेको आरोहणको विराटनगरले महोत्सव आयोजना गरेको हो ।

भारत बेहरामपुरको रित्विक नाटक समूहले सर्प नचाउने समुदायको कथा मञ्चमा उतारको हो ।

दुइ महिलाको साहस र संघर्षको कथा नाटकमा देखाइएको छ । फागुन १५ गते देखि आरोहण, विराटनगरको सुशीला कोइराला नाटकघरमा महोत्सब सुरु भएको हो ।

अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका र पोख्त नाट्यकर्मीहरुसँग एकै मञ्चमा काम गर्न पाउँदास्थानीयस्तरमा रहेका नाट्कर्मी र प्राविधिक लाभान्वित हुने नाट्कर्मीहरुको बुझाइ छ ।

बिराटनगर महोत्सवको पहिलो दिन आयोजकले विराट पर्व नामको नाटक मञ्चन गर्यो । त्यस्तै दोस्रो र तेस्रो दिन इटालीको इन्स्ताबिली भंगान्तीले ‘डिसापारायसिट ओएस ह्यास–४३’ नाटक मञ्चन गर्यो । २४ फागुनसम्म चल्ने महोत्सवमा विभिन्न ९ नाटक मञ्चन हुनेछन् जसमा ४ वटा अन्य देशका र नेपालका ५ नाटक मञ्चन हुनेछन् ।

आइतबार श्रींलंकाको ‘लभ एण्ड लाइफ’ मञ्चन हुनेछ । त्यस्तै झोराहाट नाट्य समूहको ‘घरभित्रको अर्को घर’ २० फागुनमा, परिवर्तन थिएटर काँकडभिट्टाको ‘विटुलो आख्यान’ २१ फागुनमा, अफगानिस्तानको ‘ता राहाये’ २२ फागुनमा, थिएयटर नेपाल उदयपुरको ‘देश बनाउँछु भन्नेहरू’ २३ फागुनमा र कदम थिएटर दमकको ‘गैंडा टाइम्स’ २४ फागुनमा मञ्चन हुने भएको छ । महोत्सब २४ फागुनबाट सकिने छ ।