ब्युटी न्युज नेपाल
काठमाडौं १८ फागुन

कलाकार जितु नेपाल मुन्द्रेले सिन्धुपाल्चोक घर भएका एक मृगौला पिडितलाई आर्थिक सहयोग गरेका छन् । नेपालमा घरजग्गा केही नभएको २२ वर्षिय आशिष धमलालाई जितु नेपालले व्यक्तिगत २५ हजार रुपयौँ सहयोग गरेका छन् ।

जितु नेपालले आफ्नै युट्युव च्यानल मार्फतमार्फत सहयोग रकम हस्तान्तरण गरिएको जानकारी दिएका छन् ।

जितुको सामाजिक कार्यमा साथ दिदै निर्देशक तथा अभिनेत्री दीपा श्री निरौलाको तर्फबाट नगद १० हजार रुपैँया तथा गायक ताराप्रकाश लिम्बुको तर्फबाट ५ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका छन् ।

शुक्रबार जितुले नेपाल र दीपाश्री निरौलाले उक्त रकम प्रदान गरेको हो । युवा अवस्थामा दुवै मृगौला फेल भएको कारण बचाउनको लागि धमलाले सहयोगको याचना गरेका थिए । उनको अवस्था देखेर आफूहरुले सानो रकम सहयोग गरेको कलाकार जितु नेपालले बताए ।

आशिषका बुवा हाल वैदेशिक रोजगारिको शिलशिलमा दुवाईमा सेक्युरिटी गार्डमा काम गर्दै आएका छन् । यस अघि जितु नेपाल सहित छक्का पञ्जा टिमले एक मृगौला पिडित जय बहादुरलाई ७५ हजार सहयोग रकम प्रदान गरेका थिए ।