विधानको निर्देशनमा आकाश–वर्षाको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं १७ फागुन

गीतकार अम्बिका गुरुङले आफ्नो नयाँ गीत आभास…को भिडियो दर्शकमाझ ल्याएकी छिन् । सार्वजनिक गीतमा पुरुषोत्तम सुबेदीको स्वर अनि संगीत र फणिन्द्र राईको संगीत संयोजन रहेको छ ।

यो रोमान्टिक गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री वर्षा सिवाकोटीको रोमान्स देखिएको छ । यस भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा आकाश र वर्षाको जोडीलाई उत्कृष्ट देखाउन निर्देशक विधानको मेहेनत देखिएको छ ।

अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा गोदावरीको रमणीय दृश्य कैद गरिएको छ । भिडियोलाई भावसागरको अफिसियल यु ट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।