७ दर्जन सिनेमा हलमा दि ब्रेक अप


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं १७ फागुन

प्रेम सम्बन्धको आरोह अबरोहमा केन्द्रित चलचित्र ‘दि ब्रेक अप’ शुक्रबारबाट मुलुकका सिनेमा हलमा रिलिज भएको छ । निर्माण पक्षका अनुसार यो चलचित्र राजधानी र मोफसलका ८० भन्दा बढी सिनेमा हलबाट प्रदर्शनमा आएको छ ।

यो फिल्ममा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्कीसहितको मुख्य भूमिका रहेको पनि निर्देशक बिसीले जानकारी गराएका छन् ।

दि ब्रेकअपलाई हेमराज बिसीले निर्माण निर्देशन गरेका हुन् । यो फिल्मलाई हेमराज आफैंले लेखेका हुन् । फिल्म दि ब्रेक अपमा अभिनेता आशिरमान र अभिनेत्री शिल्पाको चुम्बन दृष्यले निकै चर्चा पाएको छ ।

नेपालीहरुको जीवनमा बढ्दो सम्बन्ध विच्छेदको कथालाई आफुले यो फिल्ममा उठाएको बिसीले बताएका छन् । चलचित्र दि ब्रेक अप प्रेम कथा र सम्बन्धमा आधारित रहेको पनि निर्देशक विसीको कथन छ ।
नेरेन्द्र मैनालीको छायाँकन रहेको यो चलचित्रको नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको छ । जसमा सुरेन्द्र पौडेलको सम्पादन छ ।

यो फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले सँयुक्त लगानीमा निर्माण गरेका हुन् ।