१०० बढी हलमा अनमोल केसीको क्याप्टेन


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, १७ फागुन

शुक्रबार १७ फागुनबाट नेपाल चलचित्र ‘क्याप्टेन’ मुलुकका सिनेमा हलमा रिलिज भएको छ । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको यो चलचित्र फुटबल र प्रेममा आधारित छ ।

क्याप्टेनलाई भुनव केसीले निर्माण गरेका हुन् । यो फिल्म शुक्रबारबाट मुलकका एक सय भन्दा बढी सिनेमा हलबाट रिलिज भएको यसका वितरक मनोज राठीले बताएका छन् । यो चलचित्रलाई काठमाडौंमा गोविन्द शाही र मोफसलमा राठीले वितरण गरेका हुन् ।

अनमोलले पनि आफुले अहिलेसम्म सबै भन्दा बढी मेहनत गरेको र फरक रुपमा काम गरेको फिल्म क्याप्टेननै भएको दाबी गरेका छन् । यो चलचित्रमा अनमोल केसीसँगै नवोदित अभिनेत्रीद्धय उपासना सिंह ठकुरी, प्रियँका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, सूर्यमाला खनालसहितको मुख्य भूमिका छ । फिल्ममा अभिनेत्री निरुता सिंह अतिथि भूमिकामा छिन् ।

दिवाकर भट्टराईले निर्देशन गरेको यो चलचित्रलाई दिवाकर र सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् । क्याप्टेनलाई सुदिप बरालले खिचेका हुन् । खेल जनरामा निर्माण गरिएको यो फिल्म नै फुटबल खेलका कारण चर्चामा छ ।

नेपाली फुटबलको राष्ट्रिय टिमको क्याप्टेन इशान खड्काको रुपमा यो फिल्ममा अभिनेता अनमोल केसी प्रस्तुत भएका छन् । फिल्ममा खेलसँगै राष्ट्रियता र प्रेमसम्बन्ध पनि देखाईएको छ ।