अदालतको आईटम गीतमा सुष्माको उत्तेजक डान्स 


ब्युटी न्युज नेपाल
काठमाडौं १६ फागुन

आगामी साता २७ फागुनबाट रिलिज हुन चलचित्र ‘अदालत’को ‘तीन पाने…’ गीतको भिडियो  सार्वजनिक भएको छ । यो आइटम गीतको भिडियोमा अभिनेत्री सुष्मा कार्कीको उत्तेजक नृत्य समेटिएको छ । चलचित्र लुटको उद्रेको चोलीको झल्को फेरी उनले यो गीतको आईटम डान्सबाट दिएकी छिन् ।

फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मको यो गीत अन्य आइटम गीत भन्दा फरक रहेको निर्माण पक्षले दाबी गरेको छ । गीतमा दिनेश लिङ्देनको शब्द, यदु राई लकान्द्री र दिनेश लिङ्देनको स्वर तथा रोशन वान्तवा राईको संगीत छ ।

ज्ञानु राईको छायांकन रहेको गीतमा दिनेश पाख्रिनको कोरियोग्राफी र रन्जीत मानन्धरको सम्पादन छ । फिल्मको निर्देशकसमेत रहेका दिनेशले फिल्मले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दा जस्ता आपराधिक एवं संवेदनशील घटनाहरुलाई मुख्य विषय बनाएको बताए ।

फिल्ममा एलिना बाँस्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, बिन्दा थिङ, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमीरे, बिन्दा थिङ, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडका आदिको मुख्य भुमिका रहेको छ ।

फिल्ममा कविता राई निर्मात्री छिन् । फिल्ममा दिनेशकै लेखन छ । चलचित्र अदालतमा रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व, विक्रम डिसीको छायांकन र रन्जित मानन्धरको सम्पादन छ । बसन्त थेवे कार्यकारी निर्माता रहेको फिल्ममा मेखबहादुर मगर सहनिर्माता र आरपी दाहाल प्रस्तुतकर्ता छन् ।