मन्त्री अधिकारीको शोकमा मुलुक, आजको सबै सिने कार्यक्रम स्थगित


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ फागुन

बुधबार मध्यान्न १२ बजे ताप्लेजुङको तारे भिरमा भएको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति पर्यटन तथा उड्यान मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको निधन भएको छ । मन्त्री अधिकारीको निधन प्रति आज शोक घोषणासँगै सरकारी विदा दिईएको छ ।

सांस्कृति क्षेत्रका एक होनहार मन्त्रीको निधनले मुलुक शोकमा छ । कला संस्कृतिसँग जोडिएका चलचित्रकर्मीहरु अहिले शोकमा छन् । मुलुक शोकमा भएको बेला चलचित्रकर्मीले आज आयोजना गर्ने भनेका सबै कार्यक्रम स्थगित गरेका छन् ।

आज १ बजे दिउँसो चलचित्र साईंलीको काठमाडौंमा ट्रेलर रिलज कार्यक्रम थियो । मन्त्री अधिकारीको निधनसँगै आज शोक घोषणा गरेका कारण केही घन्टा अघि मात्र सो कार्यक्रम स्थगित गरिएको छ ।

यस्तै दिउँसो २ बजेबाट आयोजना गर्ने भनिएको चलचित्र ‘बुलबुल’को अन्तरक्रिया कार्यक्रम पनि शोककै कारण स्थगित गरिएको यसका निर्देशक बिनोद पौडेलले जानकारी गराएका छन् । यो कार्यक्रम आजको सट्टा भोली आयोजना गरिने भएको छ ।

चलचित्र क्याप्टेनको आज बिहिबार बेलुका ६ बजे काठमाडौंको कुमारी हलमा भव्य रेड कार्पेट प्रिमियरको तयारी भईरहेको थियो । बुधबार मध्यान्न मन्त्री अधिकारी सहित ७ जनाको निधनको खबरले स्तव्ध भएका निर्माता भुवन केसीले आजको प्रिमियरलाई रद्ध गरेका छन् । अब चाँडै प्रेस सो गरेर सञ्चारकर्मीलाई क्याप्टेन देखाईने उनले बताएका छन् । यो फिल्म शुक्रबारबाट मुलुक भरका सिनेमा हलमा रिलिज हुँदैछ ।