पीजी सर्टिफिकेट पायो दि ब्रेक अपले


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ फागुन

१७ फागुन (शुक्रबार)बाट देशव्यापी सिनेमा हलमा रिलिज हुने चलचित्र ‘दि ब्रेक अप’ सेन्सरबोर्डबाट (पीजी) प्यारेन्स गाइडेड सर्टिफिकेट पाएको छ । यो चलचित्रलाई चुम्बन लगायतका केही दृष्यका कारण सेन्सर वोर्डले १६ भन्दा कम उमेर भएकाले आफ्नो अभिभावकको साथ लिनुपर्ने गरी पिजी सर्टिफिकेट दिएको हो ।

नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको दि ब्रेक अपललाई हेमराज बीसीले चलचित्र निर्देशन गरेका हुन् । चलचित्रको कथा पनि निर्देशक बीसीको नै हो । यो चलचित्रलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । रूपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बीसीले संयुक्त लगानीमा चलचित्र निर्माण गरेका हुन् ।

चलचित्रमा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेनदास श्रेष्ठ, इच्छा कार्की, सरोज खनाललगायतको मुख्य भूमिका रहेको छ । सुरेन्द्र पौडेलले सम्पादन गरेको यस चलचित्रको आज हाम्रो भेट भाको दिन… रिमेक गीत अहिले निकै रुचाइएको छ ।