ब्युटी न्युज नेपाल
काठमाडौं, १५ फागुन

युवा ज्योतिषी हरिहर अधिकारीले चलचित्र ‘शुभ लभ’ अगामी १५ चैतबाट रिलिज हुने भएको छ । यसरी प्रदर्शनी मिति नजिकिँदै गर्दा चलचित्रको अफिसियल ट्रेलर युट्युबबाट सार्वजनिक गरिएको छ । चलचित्रबाट ज्योतिष हरिहर अधिकार अभिनेताका रूपमा उदाउँदै छन् । ट्रेलरलाई दर्शकले रुचाइरहेका छन् ।

उनले चलचित्रमा आफ्नो वास्तविक जीवनको चरित्र निर्वाह गरिरहेका छन् । योगफलका कारण प्र्रेम र जीवनमाथि आउने उतारचढावको कथा समेटेर यो फिल्म उनले लेखेको हो । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता श्री प्रदीपकुमार उदय हुन् । चलचित्रमा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ ।

फिल्मको ट्रेलरमा एउटा ज्योतिषीले प्रेम सम्बन्धबारे गरेका अनुमान र त्यो अनुमान सही रूपमा परिणत हुँदा ज्योतिषी आफैंले भोग्नुपरेको पीडा समेटिएको छ । ज्योतिषी एवं अभिनेता हरिहरले यो चरित्र केही हदसम्म आफ्नो जीवनमा मेल खाने दाबी गरेका छन् । यो फिल्ममा हरिहर अधिकार र कृस्टिन पौडेल दुवै नव कलाकारका रूपमा प्र्रस्तुत भएका छन् ।
शुभ लभलाई निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । आफू लामो समयपश्चात् चलचित्र निर्माण तथा निर्देशनमा फर्किएकाले पनि शुभ लभलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नछाडेको निर्देशक लोहनीको भनाइ छ ।

चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कोरियोग्राफी रामजी लामिछाने, रामेश्वर कार्कीको छायांकन, रोशनविक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

‘शुभ लभ’मा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रवीन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सूर्या थापा, अनुज पाण्डेलगायतका कलाकारको मुख्य भूमिका रहेको छ भने निर्माता तथा हल सञ्चालक प्रदीपकुमार उदय ‘शुभ लभ’मा अतिथि कलाकारका रूपमा रहेका छन् ।