ब्युटी न्युज नेपाल
काठमाडौं, १५ फागुन

बलिउडका मोडल तथा अभिनेता राहुल देव र अभिनेत्री मुग्धा गोडसे काठमाडौंमा यहि ९ चैतमा काठमाडौंमा हुने एक फेसन सोमा सहभागी हुने नेपाल आउने भएका छन् ।

मुग्धा मिस इन्डिया २००४ की सेमिफाइनलिस्ट समेत हुन् । उनले बलिउडमा फेसन फिल्मबाट डेब्यु गरेकी थिइन् ।

नेपाल भ्रमण बर्ष २०२० प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल सिटिजन इन्टरटेन्टमेन्ट फाउन्डेसनले सोल्टि होटलमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय बलिउड फेसन सो राहुल देव र मुग्धा सहभागी हुने निश्चित भएको हो । जसमा नेपाल र भारतका चर्चित मोडेलहरुको क्याटवाक गर्ने छ ।

महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्धको अभियानका लागि समेत सो फेसन सोले सहकार्य गरेको छ । फाउन्डेसनका अध्यक्ष राजन श्रेष्ठले यो परम्परागत फेसन शोभन्दा फरक रहेको दावी गरेका छन् ।

सो फेसन सोमा मोडेलहरुले नेपाल र भारतको झन्डा बोकेर परेडसमेत गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताए । अन्तर्राष्ट्रिय मञ्चमा नेपाली मोडलहरुलाई एक्सपोज गर्ने अवसरका रुपमा समेत सो फेसन सोलाई लिइएको छ । नेपाल भ्रमण बर्ष २०२० मा भातरीय पर्यटक भित्राउन समेत सो फेसन सोले योगदान दिने श्रेष्ठको दावी छ ।