१० जेठमा आउने साइनोको लोक भाकाको गीत रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं १३ फागुन

आगामी १० जेठमा रिलिज गर्ने घोषणा सहित चलचित्र ‘साईनो‘ को पहिलो गीत मायालूलाई जात्रैमै भिडियो…को भिडियो सोमबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । यो चलचित्रलाई नेपाली चलचित्रकी प्रथम नायिका भूवन थापा चन्दले निर्माण गरेकी हुन् । चलचित्रमा कार्यकारी निर्माता शरण थापा रहेका छन् ।

यो गीतको भिडियोमा अभिनेत्री मिरुना मगर र नव अभिनेता राजकुमारको लोक शैलीको रमाईलो नृत्य छ । यो गीतको रचना बरिष्ट गीतकार एवम् चलचित्र निर्देशक चेतन कार्कीले गरेका हुन् । जसमा संगीत बसन्त सापकोटाले भरेका छन् । यो गीतमा मेलिना राई र प्रताप दासको स्वर रहेको छ । गीतको रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।

यो चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् । साईनोमा अभिमन्यु ‘ निरवी‘ र निर्देशक थापाको लेखन छ । यसको छायांकन रामेश्वोर कार्कीको, सम्पादन बनिश शाहको रहेको छ ।

पारिवारिक प्रेम कथामा तयार भएको चलचित्र ‘साईनोमा कलाकारहरु भूवन चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, नीता ढुंगाना, मिरुना मगर, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल र नव नायकमा राज कुमार रहेका छन् ।