खुल्यो ब्युटिसियन ट्यालेन्ट नेपालको फारम, बिजेतालाई बैंकक टुर


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ फागुन

ब्युटिसियन ट्यालेन्ट नेपालको दोश्रो संस्करण ‘ब्युटिसियन ट्यालेन्ट नेपाल–२०१९’ को फारम खुलेको छ । आगामी २७ चैतमा काठमाडौंको जमल स्थित राष्ट्रिय सभागृहमा यो प्रतियोगिताको फाईनल हुँदैछ ।

रोज सिप विकास तालिम केन्द्र तथा रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवन र विलक्षण क्रियसनको सँयुक्त आयोजनामा ‘ब्युटिसियन ट्यालेन्ट नेपाल–२०१९(सिजन–२)’ फारम खुलेको छ ।

टिसियनहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति, पेशा तथा व्यबसायको बृद्धि एवम् विभिन्न क्षेत्रमा अबसरका लागि यो प्रतियोगिता गत वर्षबाट आयोजना गरिँदै आएको आयोजक संस्था रोज सिप विकास तालिम केन्द्र तथा रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष एवम् बरिष्ट व्युटिसियन सोनी कारञ्जितले जानकारी गराएकी छिन् ।

यस पटकको बिजेतालाई ५० हजार रुपैयाँ बराबरको बैंककको पाँच दिनको टुर, २० हजार रुपैयाँ बराबरको मिडिया एँकरिङ कोर्स सहित विभिन्न उपहार र अबसर प्रदान गरिने छ ।

यस्तै फस्ट रनरअपलाई बैंककको टु वे टिकट सहित एक महिनाको स्पेशल नेलआर्ट कोष र विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने छ । यस्तै सेकेन्ड रनरअपलाई पाँच दिनको बैंकक भ्रमणमा २० हजार रुपैयाँ बराबरको टुर प्याकेज, एक महिनाको स्पेशल नेलआर्ट कोष सहित विभिन्न उपहार प्रदान गरिने छ ।

ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ (सिजन २) मा सहभागी हुन फारम भरेपछि सामुहिक तस्बिर खिच्दै व्युटिसियनहरु

प्रतियोगीहरुलाई ब्राईडल मेकअल, मोडल तथा फिल्म मेकअप, पार्टी मेकअप, नेल आर्ट, मेहन्दी आर्ट, बतृत्वकला प्रशिक्षण, क्याटवाक, फिटनेश, व्यक्तित्व विकाश, डान्स, मिडिया फेसिङ जस्ता विविध प्रशिक्षण दिईने छ ।

प्रतियोगीहरुलाई निशुल्क फोटो सेसन गराईने छ । यस्तै बिजेतालाई मिडियासँगै म्युजिक भिडियोमा मोडलिङको अबसर दिईने छ । एक महिनाको प्रशिक्षणमा अग्रज व्युटिसियन सहित विभिन्न क्षेत्रका व्यक्तिहरुले विविध प्रशिक्षण दिनेछन् ।

सहभागीहरुलाई २० फागुनमा अडिसन लिईने छ । फागुन २८ बाट फोटोसुटसँगै प्रशिक्षण सुरु गरिने छ । प्रतियोगितामा सहभागी हुनका लागि जम्मा १५हजार रुपैयाँ शुल्क राखिएको छ । जसमा फ्रि फोटो शेसन, ट्रेनिङ ड्रेस, अफिसयिल पार्टी गाउनलगायतका सामग्री पनि प्रदान गरिने आयोजक एबम् बरिष्ट व्युटिसियन सोनी कारञ्जितले जानकारी गराएकी छिन् ।