बन्यो तामाङ फिल्म ङ्हो


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ फागुन

तामाङ चलचित्र ङ्हो (भाग्य) निर्माण भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा यो चलचित्रको कादे ज्याबा ह्याङ्ला माया…. बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा पूर्वपश्चिमको मध्यम भाषा प्रयोग गरेर सम्पूर्ण तामाङ समुदायमा समेट्न खोजिएको छ ।

यसमा फुलकुमार बम्जनको शब्द, टिक बम्जनको संगीत र स्वरमा जितु लोप्चनको पनि साथ रहेको छ । एरेञ्ज पवनवाङ लामाले गरेका हुन् । यसको निर्देशन भुवन स्याङ्बो तामाङले गरेका हुन् ।

यो चलचित्रको निर्माता सुनिमाया तामाङ हुन् । त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र उत्तरी धादिङको रुबीभ्याली क्षेत्र र आसपासमा बोलिने भाषालाई चलचित्रमा प्रयोग गरिएका अभिनेता किसमान तामाङले बताए ।

यो फिल्ममा ङ्होमा आरम्भ तामाङ, किसमान तामाङ, निर्मला तामाङ, एलेक्स घले, छिमी माम्बा, मारनेन वाइबा, अनिता तामाङ, डोल्मा तामाङ, राजन तामाङ, निलमान तामाङ, रोज तामाङ, रिमान तामाङ, विजय तामाङ, झरना गुरुङ, सुमी तामाङ र बाल कलाकार तेञ्जिङ सोनामले अभिनय गरेका छन् ।

यसमा नरमान (रविन) तामाङको पटकथा, राहुल राई र सुर्य लामा छायांकन र राजु तामाङ द्धन्द्ध निर्देशन गरेका छन् । यसमा टिका बम्जन र सागरएस वाइबाको संगीत, टिका बम्जन, सागर एस वाइबा, आरम्भ तामाङ, जितु लोप्चनको स्वर रहेका छन् । विष्णु खड्का, सुर्य लामा सम्पादनमा निर्मित चलचित्रको कलरिङ भिएफएक्स विकास ज्ञवाली रहेका छन् ।

कार्यक्रममा बोल्दै जयनन्द लामाले चलचित्रमार्फत आफ्नो मौलिकता प्रस्तुत गर्न पछिल्लो पुस्ता लागि परेको बताउँदै फिल्मको सफलताको कामना गरे ।

तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले हामी हलहरुमा जान सक्नुपर्छ, त्यसको आधार तय गर्नु जरुरी रहेको औंल्याए ।