रुमालै छ चिनोकी अप्सना थापाको यस्तो हट अबतार


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ फागुन

चलचित्र रुमालै छ चिनो शुक्रबारबाट मुलुकका चार दर्जन सिनेमा हलमा प्रदर्शन भईरहेको छ । यो चलचित्रलाई दिनेश सिंह ठकुरीले निर्देशन गरेका हुन् । चलचित्रमा अभिनेता शुसान्त कार्की र अभिनेत्री अप्सना थापाको जोडी निकै जमेको छ ।

अघिल्लो चलचित्र द रियल हिरोबाट चर्चा कमाउन नसकेकी यी अभिनेत्रीले यसपटक चलचित्र रुमालै छ चिनोबाट राम्रै चर्चा पाईन् । ग्लारम सिन दिनमा कन्जुस्याई नगर्ने यी अभिनेत्रीले करिब एक सय म्युजिक भिडियोमा मोडलिङ पछि फिल्ममा नायिकाको रुपमा अभिनय यात्रा सुरु गरेकी हुन् ।

चलचित्र रुमालै छ चिनोमा आफ्नो कामको दर्शकले प्रसँसा गरेपछि यी अभिनेत्री यतीबेला खुसी छिन् । अहिले आफ्नो फिल्मको प्रचार प्रसारमा व्यस्त अप्सना यो फिल्ममा हट अबतारमा छिन् । हालै प्रणय दिवसको अबसर पारेर रुमालै छ चिनोलाई लक्षित गर्दै यसरी यी अभिनेत्री हट अबतारमा फोटो सुटमा उत्रिएकी हुन् ।

तस्बिर ः कुबेर डंगोल