कता हिडेको भन्दै नम्रतालाई धर्मेन्द्रको सांगीतिक प्रश्न


ब्युटी न्युज नेपाल

काठमाडौं, १० फागुन 

गायक धर्मेन्द्र सेवनले आफ्नो स्वरमा नयाँ गीत ‘कता हिडेकी…’को म्युजिक भिडियो ल्याएका छन् । बिहिबार राजधानीमा एक समारोहबीच उनले यो गीत रिलिज गरेका हुन् । सार्वजनिक यो गीतको शब्द तथा संगीत पनि धर्मेन्द्र कै रहेको छ ।

उमन वाइवाले तयार पारेको उक्त गीतको भिडियोमा नायिका नम्रता सापकोटाले नृत्य प्रस्तुत गरेकी छिन् । भिडियोमा धर्मेन्द्र र टिम चिटिक्क लाई पनि फिचर गरिएको छ । भिडियोलाई केही फरक र रमाइलो बनाइएको निर्देशक वाइवाले बताए ।

सोना हाङ राईले खिचेको भिडियोलाई रवी लामाले सम्पादन गरेका छन् । रिकेश गुरुङले एरेन्ज गरेको यस गीतलाई फिरोज बज्रचार्यले मिक्सिङ गरेका छन् । गीतबारे धर्मेन्द्रले भने,‘मैले अहिलेसम्म जति गीत गाए त्यो मेरो बुबाको युगको थियो । अहिले यस गीतलाई युवा पुस्तामा लक्षित गरेर तयार गरेको छु । सायद सबैले यसलाई रुचाउनुहुन्छ होला ।’ गायक धर्मेन्द्र ‘रेशम फिलिलि’ जस्तो सफल गीतका सर्जक बुद्धि परियारका छोरा हुन् ।

गीतको भिडियो लिंक ः