चार दर्जन हलमा रुमालै छ चिनो


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, १० फागुन

दिनेशसिंह ठकुरी निर्देशित चलचित्र ‘रुमालै छ चिनो’ शुक्रबारबाट सिनेमा हलमा प्रदर्शनमा आएको छ । आफ्नो चलचित्र मुलुकका चार दर्जन सिनेमा हलबाट प्रदर्शन सुरु भएको निर्माता चन्द्रबहादुर खड्काले जानकारी गराए ।

यो चलचित्रमा सुशान्त कार्की र अप्सना थापासँगै किशोर खतिवडा, सञ्चिता लुइँटेल, रश्मि भट्ट, मिथिला शर्मा, सुरवीर पण्डित, लक्ष्मणविक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्कालगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा रेशम थापाको कथा छ । यसमा अर्जुन पोखरेलको संगीत, विनोद सापकोटाको छायांकन र शिव थारूको सम्पादन रहेको निर्देशक ठकुरीले जानकारी गराए ।

भारतीय गोर्खा राइफल्स् सेनामा कार्यरत एक नेपालीले युद्धका क्रममा भोग्नु परेको संघर्ष र उसको प्र्रेम कथामा आधारित रहेर आफूले रुमालै छ चिनो निर्माण गरेको पनि निर्माता खड्काले जानकारी गराए ।