सस्पेन्स कथामा आयो फिंगर प्रिन्ट


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, १० फागुन

नविन निरौला निर्देशित चलचित्र ‘फिंगर प्र्रिन्ट’ आज शुक्रबारबाट मुलुकका करिब चार दर्जन सिनेमा हलमा प्रदर्शन भएको छ । फिल्ममा राज क्षितिज, रमेश बुढाथोकी, आयुष्मा कार्की, दीपक त्रिपाठी, सरिता लामिछाने, आनन्द पुन, शंकर आचार्य, अनुरूप पोखरेल, सुवास कार्की, जेसिका भुसाललगायतका कलाकारको अभिनय छ ।

सस्पेन्स थ्रिलर फिल्म फिंगर प्रिन्ट नवीनकै लेखन र सम्पादनमा यो फिल्म तयार भएको हो ।  आफ्नो फिल्म मेडिकल साइन्सको विषयमा आधारित रहेको निर्देशक निरौला बताए । फिंगर प्रिन्टको दुरुपयोगले विश्वमा हुन सक्ने अपराधलगायतका विषय यसमा प्रस्तुत गरिएको पनि उनले बताए ।

फिल्ममा दयाराम पाण्डेको गीत, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ । सुमन तण्डुकार र राहुल राईले खिचेको फिल्मलाई अनिल श्रेष्ठ (रोमन) ले निर्माण गरेको हुन् । जसमा शंकर आचार्य र अनिल श्रेष्ठ सहनिर्माता छन् ।