भिडियोमा साईलीको प्याट प्याटे गीत


ब्युटी न्युज नेपाल
काठमाडौं ८ फागुन

चलचित्र ‘साइँली’को दोस्रो गीत प्याट प्याटे…बुधबार रिलिज गरिएको छ । यो भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान र केनिपा सिंहको अभिनय समेटिएको छ ।

आगामी १५ चैतबाट प्रदर्शनमा आउने भनिएको साईलीको यो गीतको भिडियो निर्माण संस्थाले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेको हो ।

यस गीतमा सुशान्त गौतमको संगीत, हर्क साउदको शब्द र संगीतकार गौतमको स्वर रहेको छ । साइँलीमा माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

चलचित्रमा कालीप्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

वैदेशिक रोजगारीको कथामा निर्माण भएको साइँली समाजिक कथावस्तुमा आधारित रहेको निर्देशक रामबाबु गुरुङले बताए ।

यसका अन्य निर्मातामा विशाल गुरुङ, मोहन राना मगर, विजय अवाले, विकास पुजास, सुभेच्छा केसी र मणिराम पोखरेल छन् ।