आफुलाई बुढी भन्न मुकुनलाई स्वस्तिमाको आग्रह 


ब्युटी न्युज नेपाल

काठमाडौं, ७ फागुन 

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘बुलबुल’ भित्रको एउटा दृष्य युट्युवबाट निर्माण पक्षले सार्वजनिक गरेको छ । आफ्ना पति एवम् चलचित्र निर्देशक निश्चल बस्नेतसँग वैवाहिक सम्बन्धमा बाँधिएको चौथो वर्ष उत्सवकै दिन चोपेन्द्रलाई रनकलाले आफुलाई बुढी भन्न आग्रह गरेको यो भिडियो निर्माण पक्षले सार्वजनिक गरेको हो । सो दृश्यमा फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का र मुकुन भुषालको फोन संवाद समेटिएको छ ।

झट्ट सुन्दा रोमान्टिक लागे पनि सार्वजनिक दृश्य फिल्मको महत्वपूर्ण अंश रहेको निर्देशक विनोद पौडेलले बताए । फिल्मको लेखकसमेत रहेका पौडेलले दृश्यले गहिरो अर्थ बोकेको बताउँछन् ।

‘यो दृश्यले  प्रेमको आशक्ति र मनोदशालाई  सुक्ष्म ढंगले अभिव्यक्त गर्दछ,’ पौडेलले भने, ‘यो दृश्य मलाई मन परेको दृश्यमध्ये एक हो । फिल्म हेर्ने धेरैले यो दृश्यलाई फिल्मको मुटु भएको र धेरैले आफूपनि नोस्टाल्जिक भएको प्रतिक्रिया दिएका छन् । दृश्यले फिल्म कुन सोच र सेटिंगमा बनेको छ भन्ने कुरा पनि बताउँछ ।’ अहिलेसम्म फिल्म नहेरेका दर्शकलाई फिल्मप्रति थप उत्सुक बनाउन यो दृश्यले ट्रिगर गर्ने हुँदा यसलाई बुलबुलको ट्रिगर भन्न सकिने पनि पौडेलले बताए ।

चलचित्र ‘बुलबुल’ले समीक्षकबाट अहिले राम्रो प्रतिक्रिया पाएको छ । समीक्षकले फिल्मको प्रस्तुति, अभिनय, प्राविधिक काम र निर्देशन अब्बल भएको प्रतिक्रिया दिएका छन् । निर्माता अविरल थापाले फिल्मको व्यापार दिनप्रतिदिन बढदै गएको बताएका छन् ।

यसको व्यापारबारे निर्माता थापाले भने,‘शनिबार लगभगशत प्रतिशत र बाँकी दिनमा चालिसदेखि पचास प्रतिशतको हिसाबले फिल्मले दर्शक पाइरहेको छ । यो आँकडा हाम्रो अनुमानअनुरुप नै छ । यसरी नै माउथ पव्लिसिटी बढदै गए सप्ताहान्त सम्ममा हामी लगानीका हिसाबले सुरक्षित हुन्छौं भन्ने विश्वास छ ।’