ट्रेलरले खुलाई दियो पुरानो बुलेटको कथा


ब्युटी न्युज नेपाल
काठमाडौं ६ फागुन

गाउँमा एउटा बुलेट भित्रिन्छ । गाउँकै एक युवाले बुलेट ल्याउँछन् । बुलेटमा चढ्ने ती युवालाई उनकी केटी साथीले मन पराउँछिन् । तर ती युवकले वास्ता गर्दैनन् । शहरबाट गाउँमा आधुनिक युवतीको प्रवेश हुन्छ । बुटेलबाला युवाले उनलाई मन पराउँछ । ती युवतीले युवालाई मायाँ जालमा पर्छिन र शहरमा फर्किन्छिन् । यो बियोगले ती युवा दुखी हुन्छन् । गाउँदै युवतीको मायाँ सुकार्न उसलाई सल्लाह दिईन्छ । त्यतिबेलासम्म उसको त्यो बुलेट पनि पुरानो भईसक्छ ।

अब के हुन्छ, त्यो सिनेमा घरका पर्दामा आगामी १ चैतबाट रिलिज भएपछि दर्शकले देख्न पाउने छन् । यो कथा नयाँ चलचित्र ‘पुरानो बुलेट’को ट्रेलरमा समेटिएको दृष्य हो । फिल्ममा के कथा राखिएको छ । त्यो फिल्म हेरेपछि मात्र थाहा हुन्छ । तर चलचित्रको ट्रेलरले यही कथा भन्छ ।

यसरी ट्रेलरमा फिल्मको कथा यसरी प्रस्ट पारिएको कमै देख्न पाईन्छ । तर पुराना बुलेको ट्रेलरमा यस्तो कथा देखाईएको छ । जसमा बुटेल चलाउने युवमा अनुप बिक्रम शाही, गाउँकी युवतीमा वर्षा शिवाकोटी र शहरकी युवतीमा माला लिम्बु छिन् । ट्रेलरमा त्रिकोणात्मक प्रेम र यसले निम्त्याएको समस्याको सुरुवात देखाईएको छ ।

आइतबार राजधानीमा एक समारोहबीच यो ट्रेलर रिलिज गरिएको छ । ट्रेलरले मध्यम गतिमा दर्शक युट्युवमा पाईरहेको छ । सञ्चारकर्मी भीषण राईले यो चलचित्र निर्देशन गरेका हुन् । सामाजिक कथामा आधारित आफ्नो फिल्म हाँसो रोदनमा केन्द्र्रित रहेको यी निर्देशकले ट्रेलर रिलिज समारोहमा बताएका थिए ।

पुरानो बुलेटमा अनुप विक्रम, वर्षा, मालासँगै कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया, बरत लिम्बू, शिरोमणि दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोककुमार राई, टीकाराम राई, युडी गुप्तालगायत अभिनयमा छन् ।

फिल्मको कार्यकारी निर्माता सन्तोष राई हुन् । हरि घले लामाको छायांकन, अर्जुन जीसीको सम्पादन रहेको यो चलचित्रलाई सन्तोषसँगै अशोककुमार राई, टीकाराम राई, बिरेन साम्बा र दिपेन लिम्बूले संयुक्त निर्माण गरेका हुन् । सन्तोषसँग भीषणले मिलेर यसको कथा र पटकथा लेखेका हुन् ।