भिडियोमा आमा बनिन छुल्ठिम


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ फागुन

गायक विनोद मेखुले नयाँ गीत धन्यवाद…को भिडियो सार्वजनिक गरेका छन् । हङकङमा बसोबास गर्दै आएका बिनोदको यो भिडियोमा अभिनेत्री छुल्ठिम गुरुङ आमा बनेकी छिन् । यसमा उनीसँगै शैलेन्द्र र डेनियलको अभिनय छ ।

गीतमा अनुशिल श्रेष्ठको शब्द, कल्याण सिंहको संगीत, गोपाल रसाइलीको एरेन्ज छ । भिडियोमा छुल्ठिम आमा बनेकी छन् । परिवारमा सन्तानको आगमन भएपछि आमाबाबुको खुशीलाई भिडियोमा प्रस्तुत गरिएको छ । यसरी गीतमा एउटा सुखी परिवारको कथा देखाइएको छ ।

सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ । भिडियो ओएसआरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।