प्रणय दिवसमै प्रणय सूत्रमा सँजोग र वर्षा


ब्युटी न्युज नेपाल
काठमाडौं, २ फागुन

आज १४ फेब्रुअरी अर्थात प्रणय दिवस । एकल जीवनलाई प्रणय सुत्रमा परिणत गर्न सेन्ट भ्यालेन्टाईनले सदियौं अघि कामना गरेको दिन । नेपाली सिनेमाका एक जोडी यही दिवसलाई साची राख्दै आज प्रणय सुत्रमा बाँधिएका छन् ।

प्रणय दिवसकै दिन प्रणय सुत्रमा बाँधिएका जोडी सिनेकर्मी हुन अभिनेता सँजोग कोइराला र अभिनेत्री वर्षा राउत ।

‘रिल लाइफ’मा धेरै पटक धेरै जनाको बेहुली भइसकेकी वर्षा राउत बिहिबार दिउँसो काठमाडौंको पाँच तारे एक होटल अभिनेता सँजोग कोइरालाको रियल लाईफको बेहुली बनिन् । आफन्त र परिवारलाई साँची राखेर अग्नीलाई सात फेरा घुम्दै सँजोगलाई वर्षाको सिउँदो सिन्दुरले सजाए । यो कुनै रिलको नभएर रियल दृष्य त्यहाँ सहभागीहरुले देख्न पाए ।
चलचित्र निर्माता शेखर कोइरालाका पुत्र अभिनेता सन्जोग कोइराला र अभिनेत्री वर्षा राउत आधा दशक लामो प्रेमलाई सार्थक तुल्याउन प्रणय सूत्रमा बाँधिएका हुन्् ।

ऋषि लामिछानेको निर्देशनमा बनेको सरी लको अडिसनमा भेट भएका सन्जोग र वर्षा सोही क्रममा नजिक भएका थिए । तर बिहिबारबाट यी दुई दम्पत्तिको रुपमा जीवनभरलाई नजिक भएका छन्् ।

यसरी सरी लबाट भएको प्रेमको बीजारोपण यो प्रणय दिवससम्म आइपुग्दा प्रणय सूत्रमा परिणत भएको छ । विवाहको लागि भ्यालेन्टाइन डे नै रोज्नुको कारण पनि यी दुईले केही वर्षअघि भ्यालेन्टाइन डेमै आफूहरूको प्रेम सम्बन्ध सार्वजनिक गरेका रहेछन्। त्यो सम्बन्धलाई दुवै परिवारले स्विकारेपछि यी दुईले सम्बन्धलाई प्रणय सूत्रमा बाँध्न पनि प्रणय दिवस नै रोजेका रहेछन् ।

यो पाँच वर्षमा यी दुईले केवल रिल लाइफमा मात्र समय दिएनन् । भविष्यको सुन्दर मार्ग निर्माणका लागि हातेमालो गर्दै संयुक्त व्यवसाय सुरु गरे । इन्टेरियर डिजाइन, इन्टेरियर डेकोरेसनदेखि केटीएम चेन क्याफेसम्मलाई व्यवसायका रूपमा यी जोडीले अघि बढाए । सम्बन्धसँगै व्यवसायमै झाँगिदै गयो ।

फलत झाँगिएको प्रेम सम्बन्धलाई यी दुईले यो भ्यालेन्टाइन डेबाट दम्पत्य सम्बन्धमा परिणत गर्न लागेका हुन् । यी दुईको दाम्पत्य जीवनको सफलताका लागि ब्युटी न्युज नेपालबाट हार्दिक शुभकामना ।

….