भ्यालेन्टाईनको छेकोमा विपिनको परी सृष्टी


ब्युटी न्युज नेपाल
काठमाडौं, १ फागुन

अभिनेता बिपिन कार्कीले भ्यालेन्टाईनको छेको पारेर आफ्नो परीको रुपमा सृष्टी खड्कालाई रोजेका छन् । अब नयाँ चलचित्र ‘परी उड्न देऊ’मा विपिनको जोडी सृष्टी हु्नेछिन् ।

‘परी उड्न देऊ’को निर्माण घोषणा गरिएको छ । सिनेमाको काठमाडौमा एक कार्यक्रमको आयोजना गरी अफिसियल निर्माण घोषणा गरिएको हो । यो सिनेमालाई म्युजिक भिडियो निर्देशन र सम्पादनमा चिनिएक निशान कश्यप घिमिरेले निर्देशन गर्दैछन् ।

साढे एक करोडको बजेटमा निर्माण हुने सिनेमालाई रुपेशमान अमात्यले निर्माण गर्नेछन् । सिनेमाको कन्सेप्ट निर्देशक कश्यप स्वयंको हो । यसले संवेदनशिल विषय उठाउने बताइएको छ । निर्देशक कश्यपले घोषणा सभामा भने, ‘एउटा उत्कृष्ट सिनेमा बनाउने इमान्दार प्रयास गर्नेछौं । सिनेमा रमाइलो, पारिवारिक र सस्पेन्स थ्रिलर हुनेछ ।’

आरएन आइकनको ब्यानरमा बन्ने सिनेमालाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । निपिल शर्माको कथा लेखन रहेको सिनेमाको आगामी नयाँ वर्ष वैशाख पछि छायांकन थालिने छ । सिनेमाका मुख्य दुई कालाकार वाहेक सिनेमाको कथावस्तु वारेमा खुलाएको छैन् । सिनेमाका कलाकारलाई वर्कसप गराउनका लागी पनि सिनेमाको केही समय पहिले नै घोषणा गर्नु परेको निर्देशक घिमिरेले बताए ।

म्युजिक भिडियोमा चिनिएकी मोडल श्रृष्टी खड्काले यही सिनेमाबाट ठुलो पर्दामा डेव्यु गर्दैछिन् । सिनेमाको कथावस्तु राम्रो भएकाले पनि सिनेमामा काम गर्न तयार भएको अभिनेत्री खड्काको भनाई छ । परीको छायांकन नेपालका साथै भारतमा गरिने छ ।