ब्युटी न्युज नेपाल
काठमाडौं, १ फागुन

गायक सन्तोष परियारको नयाँ गीत ‘मेरी आमा…’को भिडियो काठमाडौंमा सार्वजनिक गरिएको छ । लामो समयदेखि सङ्गीतमा सक्रिय हिमाँशु रायमाझीको शव्द, सन्तोष कै सङ्गीत र प्रश्न परियारको सङ्गीत संयोजन रहेको गीतको भिडियो राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक भएको हो ।

कार्यक्रममा संगीतकार राजु सिंहलगायतले यो गीतको भिडियो सन्देश मुलक बनेको बक्ताहरुले बताए । दिलिप समनको निर्देशन रहेको गीतको भिडियोमा रश्मि भट्ट, श्याम रोक्का, विशाल थापा, हिमाँशु रायमाझी र सन्तोष परियारको अभिनय रहेको छ ।

फराज अर्पणको छायाँकन÷सम्पादन रहेको भिडियो व्यवस्थापन बिक्रम तामाङले गरेका छन् । यो भन्दा अघि गायक सन्तोष परियारको महल र यो जुनीमा गीतले चर्चा पाएका थिए ।