आयो फिल्म फिँगर प्रिन्टको ट्रेलर


ब्युटी न्युज नेपाल
काठमाडौ, २९ माघ

चलचित्र फिँगर प्रिन्टको ट्रेलर युट्युवबाट रिलिज गरिएको छ । नवीन निरौला निर्देशीत सस्पेन्स थ्रिलर यो फिल्म नवीनकै लेखन र सम्पादन रहेको छ । फिँगर प्रिन्ट १० फागुनबाट सिनेमा हलमा रिलिज हुने भएको छ ।

शंकर आचार्य सहनिर्माता रहेको फिल्म मेडिकल साइन्सको बिषयमा निर्माण गरिएको निर्देशक निरौलाले बताए । कामना फिल्मस्को ब्यानरमा अनिल श्रेष्ठ (रोमन) ले यो फिल्म निर्माण गरेको हुन् ।

फिल्ममा दीपक त्रिपाठी, सरिता लामीछाने,राज क्षितिज, रमेश बुढाथोकी,आयुष्मा कार्की,आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल,सुवास कार्की,जेसिका भुसाललगायतका कलाकारले अभिनय गरेका छन् ।

सुमन तण्डुकार र राहुल राईले खिचेको फिल्ममा फिङ्गर प्रिन्टको दुरुपयोगले बिश्वमा हुन सक्ने अपराधलगायतका बिषय प्रस्तुत गरिएको छ । फिल्ममा दयाराम पाण्डेको गीत, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ ।