ब्युटी न्युज नेपाल
काठमाडौं २९ माघ

१७ फागुनबाट रिलिज हुने चलचित्र क्याप्टेनको मोफसल प्रचारका लागी नेपालगञ्ज आएका अनमोल केसीको नेपालगन्ज क्रेज थामिनसक्नु देखियो ।

नेपालगन्जमा आयोजीत प्रथम प्रादेशीक औद्योगिक लघु, घरेलु तथा कृर्षि, प्रविधि, व्यापार एंव पर्यटक महोत्सव २०७५ खजुराका दर्शकमाझ अनमोल सहित क्याप्टेन निर्माण टिम पुग्दा सुरक्षाकर्मीलाई सुरक्षा दिन हम्मे परेको थियो ।

दर्शकको भिडले उनलाई छोपेपछि अनमोललाई नेपाल प्रहरी, सशत्र प्रहरी र रक्षक सेकुरेटी गार्ड कम्पनीका गार्डहरुको कडा सुरक्षा व्यावस्थाका साथ मञ्चमा उकालिएको थियो ।

महोत्सवमा अनमोल आउने तय भएसँगै दर्शकले उनलाई महोत्सव स्थलमा लामो समयदेखि पर्खेर बसेका थिए । लामो प्रतिक्षा पश्चात अनमोललाई मञ्चमा पाएसँगै दर्शकले ताली, हुटिङले पुरै खजुराको माहोल तातेको थियो ।

महोत्सवको मञ्चमा अभिनेता केसी र दर्शकविच रिलिजको तयारीमा रहेको सिनेमा क्याप्टेनका विषयमा सवाल जवाफ समेत भएको थियो । दर्शकले अनमोललाई क्याप्टेन कहिले रिलिज हुन्छ रु भनेर सोधेका थिए । उनले सिनेमा फागुन १७ गतेबाट प्रदर्शन हुने बताए । फेरी अनमोलले दर्शकलाई क्याप्टेन कहिले रिलिज हुन्छ रे रु भनेर दर्शकलाई सोधेर उनले हजारौँ दर्शकमाझ सिनेमाको प्रचार पसार गरे ।

योसँगै दर्शकमाझ उनले क्याप्टेनको हिट गीत रहर छ सँगै बोलको गीतमा डान्सका केही स्टेप देखाएका थिए । भने सिनेमाको ट्रेलरमा समावेश केही डाइलग बोलेर दर्शकलाई सुनाए ।

पहिलो पटक नेपालगन्ज पुगेका अनमोल दर्शकमाझ अमृत सरह भए । महोत्सवमा उपस्थीत दर्शकले थोरै समय भएपनि अनमोललाई हेर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त महोत्सव समारोहमा सोमबार अभिनेता भुवन केसी र अभिनेत्री निरुता सिंहले आफ्नो प्रस्तुती दिए ।