यात्राकै सुन्दरता लिएर आयो यात्राको शिर्ष गीत


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ माघ

२९ चैत्रमा रिलिज हुने ‘यात्रा, अ म्युजिकल भ्लग’को शिर्षगीत ‘पन्छी पन्छी…’ को भिडियो सोमबार रिलिज गरिएको छ । युवा अभिनेता सलिनमान बनियासँगै उनका साथीहरुलाई यात्रामा हिडेको यो गीतमा देखाईएको छ ।

ट्राभल गीतलाई काठमाडौंबाट सुरु गरिएको छ भने यसमा सोलुखुम्बुसम्मको यात्रालाई देखाइएको छ । गीतमा धर्मेन्द्र सेवान, मेलिना राई, प्रेक्षा बज्राचार्य र उपकार पाण्डेको स्वर, प्रतिक पौडेलको शब्द र संगीत छ ।

गीतबारे अभिनेता सलिनमानले भने,‘यो गीत ट्राभल गीत हो । यसमा मैले इन्जोय गरे र ट्राभल गर्दा बाटोको रमाइलोलाई यसमा देखाएका छौं ।’ यसमा नेपालको सुन्दरतालाई पनि देखाउने कोसिस गरिएको उनले बताए ।

यात्रालाई सम्राट शाक्यले निर्देशन गरेका छन् । यात्रामा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्तखनाल, कमल मैनाली, सौगात शर्मालगायतको अभिनय छ । यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दैछिन् ।

फिल्ममा केशव भट्टराई, सुशिल पोखरेल, चिज कुमार श्रेष्ठ, बिक्रम पराजुली, सर्जुमान लिगल, मुक्ति तिम्सिना निर्माता र राम शरण घिमिरे सह निर्माता रहेका छन् ।

फिल्ममा कथापनि सम्राटकै हो । यसलाई संजय लामाले खिचेकाहुन् । फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द निर्देशन, बनिश शाहको सम्पादन छ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ ।