‘ए मेरो हजुर–३’को टिजर, अनमोल–सुहाना रोमान्स


ब्युटी न्युज नेपाल
काटमाडौं २७ माघ

अन्तत ः अभिनेता अनमोल केसीको चलचित्र ‘ए मेरो हजुर–३’ नयाँ वर्ष २०७६ को अबसर पारेर आगामी २९ चैतमा रिलिज हुने भएको छ । यसै क्रममा निर्माण पक्षले बसन्त पञ्चमीको अबसर पारेर आईतबार यो चलचित्रको टिजर रिलिज गरेको छ । टिजरलाई बुढा सुब्बा डिजिटलबाट रिलिज गरिएको हो ।

टिजरमा अनमोल केसीसंग नवोदित अभिनेत्री सुहाना थापाको परिचय र प्रेमसम्बन्धलाई देखाईएको छ । यो फिल्ममा अनमोल केसी चर्चामा रहेको युवा गायकको भूमिकामा हुन्छन् । यिनै गायकको फ्यानको रुपमा सुहाना हुन्छिन् । टिजरको एउटा दृष्यमा अनमोलले आफ्नो फोन नम्बर सहितको अटोग्राफर सुहानाका छातीमा लेखिदिन्छन् ।

टिजरको उठान मनाङको हिमसृँखलाबाट गरिएको छ । अघिल्लो दृष्यमा सुहाना र ‘मेघा स्टार’ भनेर अनमोलको परिचय गराईएको छ । त्यसपछि दर्कने झरीमा अनमोल र सुहानाको भेट गराईएको छ ।

गाडिको दृष्यमा यी दुईलाई सुन्दर ताल किनारमा प्रेमालापमा प्रस्तुत गरिएको छ । दृष्यहरु हेर्दा कविलाई एउटा मिठो कविता फर्छ । गीतकारले पनि यी दृष्यहेरेर प्रेमभावको गीत तयार गर्न सक्छन् । तसर्थ साँगीतिक आलाप र सिनेमा शिर्षयुक्त यी दृष्यले ए मेरो हजुर ३ ‘म्युजिकल– लभ स्टोरी जनरा’ को फिल्म भन्ने बुझिन्छ ।

ए मेरो हजुर २ को सफलतापछि निर्देशक झरना थापाले ए मेरो हजुर ३ को निर्देशन गरेकी हुन् । निर्देशक झरना र निर्माता सुनिल कुमार थापाले छोरी सुहानालाई अनमोलको जोडी बनाएर ए मेरो हजुर ३ मार्फत नेपाली रजतपटमा उतारेका छन् । सुहाना राम्री छिन् । टिजरमा हेर्दा उनको अभिनय राम्रो देखिएको छ । त्यसैले अनमोलसँगको उनको यो रजतपट अवतरण सुरक्षितसँगै पक्कै सफल हुने देखिन्छ ।

यस्तो छ टिजर –