अदालतको मिठो बोली…


ब्युटी न्युज नेपाल
काठमाडौं २६ माघ

चलचित्र ‘अदालत’को रोमान्टिक गीत ‘मिठो बोली…’को भिडियो शुक्रबारसाँझ काडमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ ।

गीतलाई कार्यक्रममा नेकपा संसदीय दलका नेता देव गुरुङले सार्वजनिक गरे । नेता गुरुङले फिल्मले सकारात्मक कथा बोक्नेमा आफु आशावादी रहेको बताए । कार्यक्रममा नेता गुरुङले मिस नेपाल हङकङ सोसाइटी र बडीबिल्डिङ एसोसिएसन हङकङका अध्यक्ष लोकराज लिम्बुलाई सम्मान गरेका थिए ।

२४ फागुनबाट रिलिज हुने फिल्मको यो गीतमा सुसन साम्सोहाङ र मेनुका राईको स्वर छ । गीतमा दिनेश लिङ्देनको शब्द र रोशन वान्तवा राईको संगीत छ । गीतमा दिनेश माङ्मुको कोरियोग्राफी छ ।
गीतमा एलिना बासकोटा, मदन भुजेललगायतको अभिनय छ । अदालतलाई फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण गरिएको हो ।

फिल्ममा एलिना बास्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडकाआदिको मुख्य भुमिका रहेको छ । मदन, राजकुमार, रुद्र र शान्तिले यसै फिल्मबाट डेब्यु गरेका हुन् ।

फिल्मका लेखक तथा निर्देशक दिनेश लिङ्देनले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दाजस्ता आपराधिक एवं संवेदनशील घटनाका विरुद्धको न्यायको कथालाई देखाइएको बताए ।
फिल्ममा बसन्त थेवे कार्यकारी निर्माता, मेखबहादुर मगर सह–निर्माता र आरपी दाहाल प्रस्तुतकर्ता छन् । फिल्ममा कविता राई लिङ्देन निर्मात्री छिन् ।