आयो रुमालै छ चिनोको बियोगान्त गीत


ब्युटी न्युज नेपाल
काठमाडौं २६ माघ

आगामी १० फागुनबाट रिलिज हुने चलचित्र ‘रुमालै छ चिनो’को बियोगान्त गीत आमा नबस्नु पर्खेर…को भिडियो रिलिज गरिएको छ । लोक शैलीको यो गीतमा शुशान्त कार्कीको अभिनय र सँघर्ष देख्न पाईन्छ । उनीसंगै संचिता लुइटेल, किशोर खतिवडाको पनि अभिनय छ । युद्दमा सहभागी सिपाहीले घरपरिवारलाई सँम्झिदाको पीडा देखाउन खोजिएको यस गितमा बिरही कार्कीको स्वर छ ।

यसभन्दा अघि यसै फिल्मको ‘ए माया’ बोलको पहिलो गित सार्वजनिक भएको थियो । त्यो गीतको सफलतापछि अहिले दोश्रो गीत रिलिज गरिएको हो । नेपाली लाउरेहरुको कथा बोल्ने यस फिल्ममा नायक सुशान्त कार्की भारतीय सैनिकमा सेनाको भूमिकामा छन् । उनको जोडीको रुपमा नबनायिका अप्सना थापा छिन ।

कुनै बेला चर्चामा रहेको रेशम थापाको लोक गित रुमालै छ चिनो… बाट यस चलचित्रको नाम राखिएको हो । जुन गीतलाई लोक शैलीमा निर्माण गरिएको थियो ।

यस चलचित्रलाई निर्देशन दिनेश सिंह ठकुरी गरेका हुन् । ज्योति फिल्मसको ब्यानरमा बनेको यस चलचित्रलाई चन्द्र ब खड्का, दिपक ढकाल र राम पाण्डेले सँयुक्त लगानी गरेका छन् ।

चलचित्रको कथा बस्तु सबै रेशम थापाले नै लेखेका हुन् भने चलचित्रमा किशोर खतिवडा, संचिता लुइँटेल, सुशान्त कार्की, अफ्शाना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का, अमृता पाण्डे, शान्ति श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ ।