बोर्डमा अध्यक्षका लागि केशब भट्टराईको तयारी


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ माघ

निकिता पौडेलले बुधबारबाटै लागू हुनेगरी मँगलबार राजिनामा दिएपछि चलचित्र विकाश बोर्डको नयाँ अध्यक्षको खोजी सुरु भएको छ । यसै क्रममा चलचित्र विकाश बोर्डको अध्यक्षका लागि नेपाल चलचित्र निर्माता संघका बरिष्ट उपाध्यक्ष एवम् जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष केशव भट्टराईको पहल सुरु भएको छ । यस अघि नै अध्यक्ष हुने तयारीमा रहेको भट्टराईका लागि पौडेलको राजिनामासँगै बोर्ड अध्यक्षका लागि बाटो खुलेको छ । यसै क्रममा बोर्ड अध्यक्षका लागि भट्टराईलाई मन्त्रालयले शुक्रबार बोलाएर विवरण पुन अध्ययन सुरु गरिसकेको छ ।

गत २५ असारमा अध्यक्षबाट निकिता पौडेललाई हटाईएपछि चलचित्र विकाश बोर्डको नयाँ अध्यक्षमा केशव भट्टराईलाई ल्याउने तयारी भएको थियो । त्यतिबेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलबाट भट्टराईको ब्यक्तिगत विवरण मागेर फायलसमेत तयार गरी अध्यक्ष बनाउन लागिएको थियो । तर पदमुक्त भएको एक हप्ता नविन्दै निकिता पौडेलले सर्वोच्च अदालतबाट स्टे अडर लिएर बोर्ड अध्यक्षमा पुन नियुक्ती पाएकी थिईन् । पौडेलले बोर्ड अध्यक्षमा नियुक्त पाएपछि भट्टराईको तत्काललाई अध्यक्ष बन्ने बाटो बन्द भएको थियो ।

गत साउनमा काठमाडौं उपत्यकामा चलचित्र बक्स अफिस लागू गरिए पनि त्यसले अझै परिपक्कता पाएको थियो । सिनेमा हलमा टिकट बिक्री भएको बास्तविक विवरण तत्काल देखाउन नसकेको बक्स अफिसलाई पूर्णता दिन अझै बोर्डले सकेको छैन । काठमाडौं बाहिर मोफसलमा आगामी चैत भित्र बक्स अफिस सञ्चालन गरिसक्नु पर्नेछ । अध्यक्ष नियुक्ती जती ढिला भयो बक्स अफिसको काम पनि त्यत्तिकै ढिला हुने भएकाले बोर्डको अध्यक्षमा चाँडै नियुक्ती दिने तयारी सुरु भईसकेको छ ।