शान्तिप्रियको याद घटाइदिन आग्रह


ब्युटी न्युज नेपाल
काठमाडौं २३ माघ

गीतकार तथा रंग पत्रकार शान्तिप्रियको अधर एल्वममा समाविष्ट गीत याद तिम्रो धेरै आइरह्यो… को म्यूजिक भिडियो निर्माण गरिएको छ । एल्वमको पाँचौं गीत याद तिम्रो धेरै आइरह्यो… सँगै अधर एल्वममा समावेश गरिएका सम्पूर्ण गीतको म्यूजिक भिडियो निर्माण कार्य सकिएको छ । यस अघि नै चार वटा गीतको भिडियो सार्बजनिक भैसकेका छन् ।

दोस्रो एल्वम आकृतीका लागि तयारी गर्दै गरेका शान्तिप्रिय पछिल्लो समयमाचलचित्रगीत लेखन तथाआधुनिकगीती लेखनमा उत्तिकै सक्रिय रहेका छन् ।

यादतिम्रो धेरै आइरह्यो… गीतको म्यूजिक भिडियो निर्देशन कलाकार निर्मल शर्माले गरेका छन् । गीतको छायांकन वरिष्ठ राजु केसीले गरेका हुन् । गीतको सम्पादन वीरेन्द्र भाट ‘विपिन’ले गर्नेछन् ।

गीतमा अभिनेता श्रीदेव भट्टराई, अभिनेत्री अनामिका चौलागाई र राम ढकालको अभिनय छ । अभिनेता भट्टराई र अभिनेत्री चौलागाईको केमेष्ट्री खुलेको पनि छ । अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनामिकाचौलागाई नेपाली चलचित्र तथा म्यूजिक भिडियोमा क्रमश… जम्दै गरेका छन् ।

छायाँछवि क्रियशनले निर्माण गरेको म्यूजिक भिडियो फाल्गुनको पहिलो साता रिलिजगरिने छायाँछवि क्रियशनले जनाएको छ ।