नेपाल भारत युथ एक्चेन्ज कार्यक्रममा ब्युटिसियन सुलोचना


ब्युटी न्युज नेपाल
काठमाडौं २३ माघ

अग्रज ब्युटिसियन तथा ब्युटी न्युज नेपालकी सल्लाहकार सुलोचना श्रेष्ठ ब्युटिसियन क्षेत्रबाट नेपाल भारत युथ एक्चेन्ज कार्यक्रम २०१९ मा चयन भएकी छिन् । उनी यो कार्यक्रमका लागि भारत प्रस्थान गरेकी छिन् ।

युवा तथा खेलकुद मन्त्रालयले हजारौं युवा ब्यबसायीबाट उत्कृष्ट १० युवा ब्यबसायी यो एक्चेन्ज कार्यक्रमका लागि चयन गरेकोमा ब्युटिसियन क्षेत्रबाट रविना ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर मिनभवन र पेप्सिकोलाकी अध्यक्ष सुलोचना श्रेष्ठ चयन भएकी हुन् ।

नेपालको ब्युटिसियनको अबस्था, यो ब्यबसायको स्थिति, ब्युटी ब्यबसायको विकास, विस्तार, ब्युटिसियनहरुको ससक्तिकरण लगायत विभिन्न बिचारहरु भारतका विभिन्न सहरमा हुने एक्चेन्ज कार्यक्रममा सुलोचनाले राख्ने छिन् । जसका लागि आफ्ना सहकर्मी प्रतिनिधि टोलीहरुसँग सुलोचना बुधबार भारततर्फ लागेकी छिन् ।

यो एक साताको यात्रा तथा एक्चेन्ज कार्यक्रममा दिल्ली, मुम्बई, आग्रा लगायतका सहरमा हुने विभिन्न सेमिनारमा आफुले आफ्नो क्षेत्रको बारेमा जानकारी गराउने सुलोचनाले भारत प्रस्थान गर्नु अघि ब्युटी न्युज नेपाललाई जानकारी गराईन् ।

नेपाल भारतका युवा उधमीबीच हुने युथ एक्चेन्ज कार्यक्रममा दुबै देशका युवाहरुले आफ्नो र आफ्नो देशको उधमशिलताबारे अनुभव आदन प्रदान गर्ने र यो आदन प्रदानले दुबै पक्षलाई फाइदा पुग्ने पनि सुलोचनाले बताएकी छिन् ।

सो क्रममा आफुले नेपालबाट दशौं हजार ब्युटिसियनको तर्फबाट बिचार राख्ने पनि उनले जानकारी गराईन् ।