मन्त्री देखि मेयरसम्मले हेरे १०० कडा १०


ब्युटी न्युज नेपाल
काठमाडौं २३ माघ

चलचित्र ‘१०० कडा १०’ को चितवनमा विशेष प्रदर्शन गरिएको छ । ‘भ्रस्टाचार विरुद्द अभियान’को रुपमा निर्माण गरिएको यो चलचित्रको चितवन उद्योग संघले यसको विशेष प्रदर्शन गरेको हो ।

राम शरण पाठकको लेखन निर्देशन रहेको यो चलचित्र शुक्रबारबाट मुलुकका ७ दर्जन सिनेमा हलमा प्रदर्शन भएको हो । यो फिल्मको सन्देशले चितवनमा सकरात्मक छाप छोडेस भनेर विशेष प्रदर्शन गरिएको संघले जनाएको छ ।

विशेष प्रदर्शनमा यो फिल्मलाई प्रदेश सभा सांसद दिनेश सुबेदी, भरतपुर महानगरपालिका मेयर रेणु दाहाल, उपमेयर पार्वती शाह त्यसैगरी रत्ननगर नगरपालिका मेयर नारायण वन, जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, पत्रकार महासंघका अध्यक्ष राधेश्याम खतिवडालगायतले यो चलचित्र हेरे ।

यस अघि यो चलचित्रलाई काठमाडौंमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले हेरेर भ्रस्टाचार विरुद्ध अभियानमा १०० कडा १० उत्कृष्ट फिल्म बनेको भन्दै सामाजिक सञ्जालमा लेखिसकेका छन् । पूर्व उपप्रधानमन्त्री बामदेव गौतमसहित विभिन्न नेताहरुले पनि यो फिल्म हेरेर प्रसंसा गरेपछि चितवनमा विशेष प्रदर्शनी आयोजना गरिएको हो ।

प्रदर्शन पछी भरतपुर महानगरपालिका उपमेयर पार्वती शाहले राष्ट्रकै विशेष चलचित्र भनी प्रशंसा गरिन् । रत्ननगर नगरपालिका मेयर नारायण वनले परिवार सहित युवाहरुले हेर्नपर्ने र कर्मचारीहरुले छुटाउनै नहुने चलचित्र यो भएको बताए ।

त्यसैगरी पोल्ट्री ब्यबसायी महासंघका अध्यक्ष पूर्ण चन्द्र बिष्टले जीवनमा धेरै फिल्म हेरियो, कति विर्सियो कति अलि अलि सम्झना छ तर सयकडा दस बिर्सिन नसकिने कथामा बनेको छ भने । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले भ्रस्टाचार विरुद्द अभियान भनी प्रचार गरिएको यस चलचित्रको प्रस्तुतिले पनि न्याय गरेको बताए ।

संघका बरिष्ट उपाध्यक्ष तथा कार्यक्रमका संयोजक राजु पौडेलले सामाजिक अभियानको रुपमा बनेको चलचित्रको विशेष प्रदर्शन गर्नु अघि हलमा हेरेर निर्माण पक्षलाई भाबिश्यमा पनि यस्तै काम गर्न हौशला मिलोस भनेर यसलाई प्रदर्शन गरिएको हो भने । सो विशेष प्रदर्शनीमा कथाकार रज्जु प्रधान, कलाकार राजाराम पौडेललगायतका कलाकार त्यहाँ पुगेका थिए । विशेष प्रदर्शनीमा सहभागीहरुले चलचित्र असाध्यै रमाइलोसँगै गम्भीर भएको बताए ।

यसमा कल्याण सिंह, जुगल डँगोलको संगीत छ । मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, रश्मी भट्ट, रबि डंगोल, सोनिया राई, उत्सब न्यौपाने, अमित पोखरेल, मानसी निरौला, प्रशिद्द थापाआदीको अभिनय छ ।