रविना नेपाल्स चब्बी मोडल 


ब्युटी न्युज नेपाल

काठमाडौं, २३ माघ 

‘नेपाल्स चब्बी मोडल–२०१९’को उपाधि रविना पोखरेलले पाएकी छिन् । २५ प्रतियोगिलाई पछि पार्दै उनले सो उपाधि प्राप्त गरेकी हुन् ।

सिद्धि मिडियाले आयोजना गरेको सो प्रतियोगितामा शिर्ष उपाधिसँगै उनले स्कुटर र विभिन्न उपहार पाईन् । मंगलबार राष्ट्रिय नाचघर जमलमा अबेरसाँझ सम्पन्न प्रतियोगितामा सो प्रतियोगितामा जिज्ञासा चटौट फष्ट रनर अप र पुनम श्रेष्ठ सेकेन्ड रनर अप घोषित भए । बिजेताले बिभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउँने छन् ।

आफू मोटी छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन डराइरहेका महिलाहरुका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्च उपलब्ध गराउने उदेश्यले यो प्रतियोगिता हँुदै आएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए ।

बिभिन्न सांगीतिक तामझामका साथ आयोजित प्रतियोगिताको कोरियोग्राफर सच्चु गुरुङ रहेकी थिइन् । संजिव झा, अमित झा, कृष्ण देवकोटा, प्रतिमा कार्की, चन्दा थापा गिरी प्रतियोगितामा निर्णायक रहेका थिए ।