संजिव र टीकाको कर्के नजर…


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ माघ

गायक सन्जिब पराजुली र गायिका टीका प्रसाईंको गीत ‘कर्के नजर…’ को भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ । गीत सन्जिब र टिकाको संयुक्त एल्बम ‘सँग सँगै’मा समावेश छ ।

गीतकार आनन्द अधिकारीको शब्द रहेको उक्त गीतमा संगीत तथा एरेन्ज आशीष अविरलको छ । यो गीतको भिडियोमा भाइब एण्ड वेब ग्रुपसँगै राहुल शाह, अलीशा शर्मा र बाल कलाकारद्वय आर्या केसी र रन्जिता कर्माचार्य फिचर्ड छन् ।

भिडियोमा राहुलकै निर्देशन छ । भिडियोमा पवन सुस्लिङको सम्पादन तथा छायांकन छ ।

भिडियो लिंक