मिस तथा मिसेस् हेरिटेज इन्टरनेसनलको कोरियोग्राफरमा रोजिन


ब्युटी न्युज नेपाल
काठमाडौं २१ माघ

आगामी फेब्रअरी १२ देखि १७ तारिखसम्म सिंगापुरमा संचालन हुने यो प्रतियोगिता अन्तर्गत मिस तथा मिसेस् हेरिटेज इन्टरनेसनल २०१९ को अफिसियल कोरियोग्राफरका रुपमा रोजिन शाक्य नियुक्त भएका छन् ।

विभिन्न उमेर समूहको सौन्दर्य प्रतियोगिता तथा फेसन शोको कोरियोग्राफीमा डेढ दशक भन्दा लामो समय सक्रिय कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य यो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको कोरियोग्राफरमा चयन भएका हुन् ।

यस अघि सो अन्तर्राष्ट्रिय प्रतियोगिताको पहिलो संस्करण नेपालमा, दोस्रो संस्करण भारत तथा तेस्रो संस्करण श्रीलंकामा संचालन भएको थियो । वितेका तीन वटै संस्करणमा पनि रोजिन शाक्य नै कोरियोग्राफर रहेका थिए । यो प्रतियोगिता ई प्लानेट प्रा.लि.को ब्यानरमा संचालन हुन लागेको हो । यस पटक पनि शाक्य नै चयन भएको ई प्लानेटका अध्यक्ष सन्तोष सापकोटाले जानकारी गराएका छन् ।

अन्तर्राष्ट्रिय मंचमै सिंगापुरस्थित होटल भिलेज चाङ्गीमा संचालन भएको पहिलो ‘मिस मर्मेड सिंगापुर २०१६’ मा पनि रोजिन शाक्य नै कोरियोग्राफर रहेका थिए ।

२०१८को ७ अप्रिलमा मलेसियाको क्वालालम्पुरमा संचालन भएको द इन्टरनेसनल प्रिस्टिज् ब्रान्ड अर्वाड समारोहमा वेष्ट आन्टरप्रिनर विधा अन्तर्गत अन्तर्राष्ट्रिय पुरस्कार वेष्ट आन्टरप्रिनर इन मल्टि टास्क पर्सनालिटी अवार्डबाट शाक्य सम्मानीत भएका थिए । उनी डेढ दशक भन्दा लामो समयको यो पेशामा सक्रिय छन् ।